बाल गायक सुप्रिम मल्लले बाजुरा पुगेर लिए नाबालक परिचय पत्र

नजिक न्युज संवाददाता    

बाल गायक सुप्रिम मल्लले बाजुरा पुगेर लिए नाबालक परिचय पत्र

बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठुकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए । 

बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर प्रदान गरेका छन् ।

सानै उमेरमा कलाकारिता क्षेत्रमा उदाएका बाजुराका सान सुप्रिम मल्ल जिल्ला पुगेपछि भेटघाट गर्नेको लर्को लागेको छ । 

गायक मल्लको सहायक प्रमुख जिल्ला अधिकारीले नाबालक परिचय पत्र प्रदान गरेको फोटा सामाजिक सञ्जाल फेसबुकमा राखेपछि दर्शक र उनका आफन्त भेटघाट गर्ने उनी कहाँ पुगेका छन् । 



मङ्गलबार १४, असार २०७९ ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.