मार्तडी र कोल्टीमा पेट्रोलियम पदार्थको मुल्यबृद्धीको विरोधमा अनेरास्वयु र युवा संघको राँके जुलुस

नजिक न्युज संवाददाता    

मार्तडी र कोल्टीमा पेट्रोलियम पदार्थको मुल्यबृद्धीको विरोधमा अनेरास्वयु र युवा संघको राँके जुलुस

बाजुरा : सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ बाजुराले राँके जुलुस निकालेको छ । जिल्ला सदरमुकाम मार्तडी र कोल्टी बजारमा राँके जुलुस निकालेको हो । 

अनेरास्ववियु र युवा संघ बाजुराले डिजेल, पेट्रोल, एलपी ग्याँस लगायत उपोभोग्य बस्तुमा गरेको चर्को मुल्य वृद्धिसंगै सरकारको ज्यादती र ब्यतिथीका विरुद्ध राँके जुलुस सहीत विरोध पर्दशन गरेको छ ।

May be an image of 7 people, people standing, fire, outdoors, indoor and text that says 'PRINTI'नेपाल आयल निगमले यसै साता प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मुल्य बढाएको थियो । डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ ।

त्यस बाहेक खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको पनि जनताको ढाँड सक्ने गरी मुल्य वृद्धी गरेको भन्दै बढाएको मुल्य वृद्धी फिर्ता लिन माग सहीत राँके जुलुस र विरोध पदर्शन गरेको हो ।

जिल्ला सदरमुकाम मार्तडी र कोल्टीमा भएको राँके जुलुस र पदर्शनपछि सभालाई सँबोधन गर्नेहरुले मूल्यवृद्धि तत्काल फिर्ता दिन माग गरेका छन् । मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

No description available.

No description available.

May be an image of 5 people, people standing, fire and outdoorsNo description available.No description available.May be an image of 7 people, people standing, fire and outdoors



बिहिबार ०९, असार २०७९ ०८:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.