गौमुलमा सहास नेपालले गरेका काम प्रभावकारी, कार्यक्रमलाई निरन्तरता दिन जनप्रतिनिधिको आग्रह

नजिक न्युज संवाददाता    

गौमुलमा सहास नेपालले गरेका काम प्रभावकारी, कार्यक्रमलाई निरन्तरता दिन जनप्रतिनिधिको आग्रह

बाजुरा : गौमुल गाउँपालिकामा सहयोगि हातहरुको समूह (सहास) नेपालले हालसम्म गरेका काम प्रभावकारी रहेका छन् । गौमुल गाउँपालिका घट्मुनामा गाउँपालिका स्तरीय परियोजना समीक्षा गोष्ठीमा सहास नेपालका दिगो विकास लक्ष्यलाई पूरा गर्ने खालका कार्यक्रमले पालिकामा थप टेवा पुगेको जनप्रतिनिधिले बताएका छन् ।

लक्षित वर्गहरुको जीवनस्तर सुधारको लागि क्षमता विकास, सशक्तिकरण, आयआर्जन बृद्धि, कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासमा समुदायलाई सघाउने जस्ता कार्यक्रमले समुदायका मानिसहरुको जीवनस्तर बदलिनुको साथै थप मदत पुगेको छ । कार्यक्रमलाई पालिकामा निरन्तरता दिएपछि थप जीवनस्तरमा टेवा पुग्ने र यस्ता कार्यक्रम फेरी ल्याउन जनप्रतिनिधिहरुले आग्रह समेत गरेका छन् ।

गोष्ठीमा गौमुल गाउँपालिकामा लागू भएको लिफ्ट परियोजनाको अवधि सकिएको परियोजना जिल्ला संयोजक देसिन्द्र राईले बताएका छन् । राईले परियोजनाले तीन वर्षको अवधिमा गरेका कामहरुको प्रगतिको बारेमा समेत जानकारी गराएका थिए ।

समुदायमा आधारित संजाल स्थापना गरी वडा स्तरीय मूल समिति गठन र टोल तथा बस्ती स्तरीय समूह निर्माण गरेको छ । लिफ्ट परियोजनाले बडीमालिका सामुदायिक विकास समाज नामक संन्जाल बनाई वडा र बस्ती स्तरीय समूह गठन समेत गरेको छ । यसले गर्दा संस्थागत विकास र काममा सहकार्यता बढ्ने विश्वस गरेको छ ।

कार्यक्रमले गर्दा कृषकहरुले तरकारी जन्य उत्पादन र उपभोगमा विविधता थपेका छन् । भने यसबाट खाद्य सुरक्षा र पारिवारिक पोषणमा सहयोग, जैविक विविधताको संरक्षण र वातारण संरक्षणमा कृषकहरु अग्रसर भएका छन् ।

गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले कार्यक्रम लागूपछि भएका सकारात्म र अनुकरणीय कामले यहाँका स्थानीयमा जागृता देखिएको बताउँदै सहास नेपाललाई धन्यवाद व्यक्त गरेका छन् । समुदाय स्तरमा गरेको विकासले समाजको आमुल परिवर्तनमा टेवा पुगेको रोकायाले बताए । 

No description available.गाउँपालिकाकाका कार्यक्रमसँग मेला खाने प्रकारका योजना तथा कार्यक्रमहरु पुनः पनि साझेदारी गरेर अगाडी बढाउने र वडा तथा बस्तीमा निर्माण गरिएका समूहहरुसँग पनि सहकार्य गर्ने अध्यक्ष रोकायाको भनाई रहेको छ । मान जीवनलाई परिवर्तन तथा उच्च बनाउने खालका कार्यक्रम ल्याए भने अझैपनि गौमुल गाउँपालिका जहिले साझेदारी र सहकार्य गर्न तयार रहेको उनले बताए ।

गौमुल गाउँपालिकामा पछिल्लो समय कृषकहरु अर्ध ब्यावशायीयक तरकारी खेतीतर्फ कृषकहकहरुको आकर्षण, घर भित्रको धुवा कम हुनुका साथै धुवाजन्य प्रकोपमा कमी ल्याउन सहयोग पुग्नुका साथै स्थानीय श्रोत साधनहरुको संरक्षण तथा सरसफाई र महिनावारी स्वच्छतामा सुधार आएको परियोजना संयोजक देसिन्द्र राईले बताएका छन् ।

समूहमा जलवायु तथा वातावरण र लैगिंकमैत्री  प्रबिधिहरु प्रयोगमा ल्याउन थालेका छन् । जसबाट महिलाहरुको कार्यबोझ कम भएको छ । भने छिटो छरितो काम गर्न सहज भएको छ । कृषकहरुमा जलवायु परिवर्तन अनुकुलन र यसको प्रभाव न्युनिकरणको बारेमा जानकारी बढेको छ भने जलवायु मैत्री खेती प्रबिधिको ब्यवहारिक प्रयोग गर्न थालेका छन् ।

No description available.बिभिन्न दिवसिय अभियानहरुले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न मदत, दिवसिय कार्यक्रमहरुको महत्वको बारेमा समुदायमा जानकारी, छात्राबृत्ति सहयोगबाट बिद्यार्थीहरुमा हौसला बढेको छ भने बिद्यालयको शैक्षिक क्रियाकलाप सुधारमा तथा सहयोग पुगेको छ ।

पीडिततहरुलाई गाउँपालिकासंगको समन्वय र सहकार्यमा बितरित खाद्य प्याकेजले ३ सय २६ घर परिवारको तत्कालको लागि खाद्य संकट टार्नमा मदत, हामारीको संकट सामना गर्न स्थानीय स्वास्थ्य संस्थालाई वितरण गरिएको स्वास्थ्य सामग्रीबाट स्वास्थ्य कर्मीहरुलाई सेवा प्रवाह गर्न सहजता आएको राईले बताए ।

लिफ्ट परियोजनाका सम्पन्न विभिन्न क्रियाकलाप तथा कार्यक्रमबाट गाउँपालिकाका सत प्रतिशत स्थानीय लाभान्वित भएका छन् । सबैसंग सझेदारी र समन्वय तथा सहकार्य गरी कार्यक्रमलाई अगाडी बढाएको र कार्यक्रम सफल पार्न  सबैले सहयोग गरेकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । 

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजीकरण परियोजना संयोजक राईले नै गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधि, स्थानीय र पत्रकारहरुको सहभागिता रहेको थियो ।



बुधबार ०८, असार २०७९ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.