अख्तियारसँग नागरिकको गुनासो : उजुरी लिने, कारवाही नहुने !

नजिक न्युज संवाददाता    

अख्तियारसँग नागरिकको गुनासो : उजुरी लिने, कारवाही नहुने !

बाजुरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही प्रति नागरिकको तिब्र असन्तुष्टी देखिएको छ । आयोगको प्रादेशीक कार्यालय कंचनपुरले बाजुरामा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले अख्तियारको काम कारवाही सन्तोषजनक नभएको र पूर्वाग्रही भएको आरोप समेत लगाएका छन् । 

आयोगले सोमबार बाजुरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियारको भूमिका विषयक अन्र्तक्रिया आयोजना गरेको छ । उजुरी दर्ता भएपनि खोज अनुसन्धान फिलतो र आर्थिक चलखेलमा प्रभावित हुने गरेको आरोप स्थानीयको छ । बडीमालिका ४ का वडा अध्यक्ष अर्जुन नाथले आयोग र अडिटरलाई नै पैसा बुझाउनु पर्छ भनेर खुलेआम डिल हुने गरेको आरोप समेत लगाएका छन् ।

बाजुराबाट गएको वर्ष ३६ वटा उजुरी अख्तियारमा परेका छन् । तर ती मध्ये २० वटा फर्छ्यौट हुन बाँकी छन् । उजुरी परेका अधिकांश योजनाको अनुसन्धान नै नभइ बीचमै मिलोमतोमा टुंगिने गरेको सम्म पनि नागरिकले अख्तियारको टिमलाई औपचारिक कार्यक्रममै आक्रोश पोखेका छन् ।

समयमा काम हुदैन्, खुलेआम योजनाको कमिसन लिएको अवस्था छ । प्रमाण सहीत दिएका उजुरीमा समेत कारवाही नहुने भएपछि अख्तियार प्रति जनविश्वास नै घटेको बाजुरा पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले बताएका छन् । उजुरी परेको र केही उजुरीको अनुसन्धान भएको सुनिएपनि कारवाही भएको उदारण नै छैन्, जैशीले थप्नु भयो ।

सरकारी कर्मचारीले नै अख्तियारको भूमिका प्रति आशंका व्यक्त गरेका छन् । उजुरी माथिको गहिरो अनुसन्धान नहुनु नै दुखत विषय हो । स्वतन्त्र र स्वायत्त निकायले आफ्नो संयन्त्र मार्फत नै अनुसन्धान र अध्ययनका लागि जिल्लामा नै संरचना निर्माण गरिनु पर्ने सुझाव शिक्षा विकास समन्वय इकाइ प्रमुख हर्कबहादुर सिंहको छ ।

अन्र्तक्रियामा रेडक्रम बाजुराका सभापति रमबहादुर शाहीले महाभारत बुझ्न सजिलो छ, अख्तियार बुझ्न गाह्रो भनेर ब्याङग्य समेत गरेका छन् । बाजुराबाट परेका उजुरीको हालसम्म कारवाही भएको र दोषिले कारवाही भोगेको उदारण नै नभएकोले जस्ले जे गरेपनि हुन्छ, भन्ने मानसिकता बढेको यहाँका नागरिकको गुनासो छ । 

उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले अख्तियारले विश्वास बढाउने र राज्य र जनता माथि नै ठगी गर्ने माथि दण्डा लगाउन सुझाव दिएका छन् । बाजुराका नौ वटा पालिका मध्ये गौमुलमा एउटा पनि उजुरी परेको छैन् । 

सबैभन्दा बढी बडीमालिका नगरपालिकामा १३ वटा उजुरी परेका छन् । ती मध्ये ४ वटा फर्छ्यौट हुन बाँकी छन् । हिमाली गाउँपालिकामामा पनि ४ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरका शाखा अधिकृत चन्द्र कान्त बस्नेतले बताएका छन् ।  

यस्तै गएको आर्थिक वर्षमा त्रिवेणीमा २, बुढीगंगामा ३, बुढीनन्दा, जगन्नाथ र स्वामिकात्र्तिक खापरमा २ र खप्तड छेडेदह गाउँपालिकामा १ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन् । उजुरी माथि अनुसन्धान र छानवीन भइरहेको आयोगका उपसचिव भूमिनन्द खनालले बताएका छन् ।

उपसचिव खनाल र शाखा अधिकृत चन्द्रकान्त बस्नेतले अन्र्तक्रियाको सहजिकरण गरेका हुन् । अख्तियार प्रति अविश्वास र शंका पैदा हुन नदिनका लागि सबैले नैतिकता र इमान्दारीतामा काम गर्नु पर्ने सुझाव आयोग कंचनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको छ । 

सुदूरपश्चिमको अवस्था हेर्दा सबैभन्दा कम बाजुरामा उजुरी छन् । भने सबैभन्दा बढी कैलालीमा छन् । सुदूरपश्चिमका नौ वटा जिल्लामा मात्र ८३३ वटा उजुरी फछर््यौट हुन बाँकी रहेको अवस्था छ । बाजुरामा उजुरी कम देखिएपनि भ्रष्टाचार र अख्तियार दुरुपयोग भएका घटना धेरै हुन सक्ने आयोगको ठहर छ । 

सबै घटनाहरु उजुरीसम्म पुग्दैनन्, बीचमै मिलोमतो हुन्छन्, सिडिओ हुँदा र अख्तियार कार्यालय प्रमुख हुँदा यस्ता उदारण आफूले भेटेको र भोगेको आयोग कंचनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको छ । 

घटना लुकाउन स्वयम व्यक्तिको मात्र नभई प्रहरी, प्रशासन, पत्रकार, व्यापारी सबैको सेटिग हुने उदारण भेटिएकोले त्यसको पहिलो उपचार प्रत्येक नागरिक नैतिक, इमान्दार र चरित्रवाला हुनु पर्ने हुन्छ, यदी व्यक्ति इमान्दार नभए भ्रष्टाचार रोकिदैन्, कुरुम्वाङले भन्नु भयो ।

बडीमालिकामा नगर उपप्रमुख नन्दा थापाले भ्रष्टाचार खाना खानृे होटल देखि नै सुरु हुने भएकोले सबैले जिम्मेवार र सचेत हुनु पर्ने सुझाव दिएकी छन् । देशभरी २०७७।७८ मा २२ हजार ६ सय २५ उजुरी परेका छन् । ती मध्ये अनुसन्धान पछि मुद्दा दर्ता प्रक्रियामा १ सय १४ वटा मात्र पुगेका छन् ।

कार्यालय प्रमुख देखि जनप्रतिनिधी सेवा लिने दिने सबै निकाय जिम्मेवार र सचेत भए भ्रष्टाचारको समस्या नै नहुने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् । बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरिने पर्ने धारणा राखेका छन् । समाजमा नैतिक र इमान्दार मान्छे भेटिनै मुस्कीन भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

बडीमालिका नगरपालिकामा आयोजित कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, जनप्रतिनिधी, पत्रकार सहीत नागरिक समाजका अगुवाहरु सहभागि थिए । सहभागिले जनताको विश्वास बढाउन काम गर्न र सोही अनुरुपको कार्यसम्पादन गर्न सुझाव दिएका छन् । 



सोमबार ०६, असार २०७९ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.