गौमुल गाउँकार्यपालिकाको तेस्रो बैठक सम्पन्न, एघारौं गाउँ सभाले जनपक्षिय नीति तथा कार्यक्रम ल्याउने निश्कर्ष

नजिक न्युज संवाददाता    

गौमुल गाउँकार्यपालिकाको तेस्रो बैठक सम्पन्न, एघारौं गाउँ सभाले जनपक्षिय नीति तथा कार्यक्रम ल्याउने निश्कर्ष

बाजुरा : गौमुल गाउँपालिका गाउँकार्यपालिकाको तेस्रो बैठक सम्पन्न भएको छ । एघारौं गाउँ सभाको तयारी र नीति तथा कार्यक्रमका विषयमा बसेको बैठक सम्पन्न भएको हो ।

गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षताका बसेको कार्यपालिकाको तेस्रो बैठकमा एघारौं गाउँ सभाको तयारी र गाउँ सभामा ल्याईने नीति तथा कार्यक्रम विषयगत छलफल भएको गाउँपालिका प्रवक्ता एवं वडाध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।

कार्यपालिकाको तेस्रो बैठकले एघारौं गाउँ सभाको तयारीमा नीति तथा कार्यक्रम विषयगत छलफल आजबाट सुरु गरेको प्रवक्ता रोकायाले बताएका छन् । 

गाउँ सभाले जनपक्षिय नीति तथा कार्यक्रम ल्याउने गरी बैठकले निश्कर्ष निकालेको उहाँले बताए । जनताका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याउनका लागि आज कार्यपालिकाको बैठक बसी तयारी थालिएको हो ।

एघारौं गाउँसभा १० गते हुने भएकाले नीति तथा कार्यक्रमका लागि विषेश छलफल गरिएको छ । बैठकमा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया, उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।



आइतबार ०५, असार २०७९ ०८:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.