मोदीले मनाए आमाको १००औं जन्मदिन

नजिक न्युज संवाददाता    

मोदीले मनाए आमाको १००औं जन्मदिन

गान्धीनगर (गुजरात) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । मोदीले आफ्नी आमालाई शनिबार बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । ‘आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,’ उनले आज बिहानै ट्विट गर्दै भनेका छन् ।

तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन् ।

हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकुन् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे ।

आमाबाट आशीर्वाद लिएर प्रधानमन्त्री मोदी पञ्चमहल जिल्लाको प्रसिद्ध तीर्थस्थल पावगढको भ्रमण गर्ने कार्यक्रम रहेको गुजरात सूचना विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । एएनआई



आइतबार ०५, असार २०७९ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.