बाजुराको जगन्नाथमा ट्याक्टर दुर्घटनाः ३ जना गम्भीर घाइते

नजिक न्युज संवाददाता    

बाजुराको जगन्नाथमा ट्याक्टर दुर्घटनाः ३ जना गम्भीर घाइते

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिका–४ बगउरा भन्ने ठाउँ ट्याक्टर दुर्घटनामा परी सोही वडाका उजली भण्डारी, विमला धराला र जग्ती भण्डारी गम्भीर घाइते भएका छन् । 

शनिबार दिउँसो ४ बजे बेर्मा बजारबाट नाराकोट बामपानी जादै गरेको सु.प.प्र.०१–००२ त ५०९३ नम्बरको ट्याक्टर दुर्घटना भएको स्थानीय रतन सिंहले जानकारी दिएको छ । ट्याक्टर करिब ३० मिटर तल खसेको उनले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनाको उपचार लागि हुनी स्वास्थ्य चौकी लगिएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकी रिफर गरिसकेको स्थानीय सिंहले बताएका छन् ।

घटनास्थल तर्फ जुड्डी प्रहरी चौकबाट प्रहरीको टोली गईरहेको प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले बताएका छन् ।

घाइतेको थप उपचारका लागि लैजान एम्बुलेन्सको तयारी रहेको थापाले बताए । ट्याक्टर चालक गणेश ठारामगर स्थानीयको नियन्त्रणमा रहेका छन् ।



शनिबार ०४, असार २०७९ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.