सागर बाजुरालीको ‘सैना कर्णालीका’ गितको भिडियो सार्वजनिक

नजिक न्युज संवाददाता    

सागर बाजुरालीको ‘सैना कर्णालीका’ गितको भिडियो सार्वजनिक

बाजुरा : ‘सैना कर्णालीका’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर बाजुरालीको सैना कर्णालीका देउडा गितको भिडियो बुधबार एबी इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 गायक अर्चना भट्ट र सागर बाजुरालीको स्वरमा रहेको उक्त गितमा सुदूरपश्चिम तथा कर्णालीका दुःख ब्यथालाई चित्रण गरिएको छ । मेरा दुःख बौला, बगाउलाकी कर्णाली जस्ता मर्मस्पर्सी शब्दले गित तयारी पारिएको पाइन्छ । 

युट्युब मार्फत सार्वजनिक भएको गितको संगित विष्णु भट्टले दिएका छन् । खडक बाजुरालीले मिक्सिङ गरेको गितकोे शब्द सम्पादन राजेन्द्र बाजुरालीले गरेका हुन् । गितको एरेन्जन ओम सुनारले गरेका छन् ।

सैना कर्णालीका गितको रेकर्डिस्ट गोविन्द पराजुलीले गरेका छन् । सुदूरपश्चिम तथा कर्णालीका दुःख ब्यथालाई सेटिएर बनाएको देउडा गितमा अभिनय जीबी चिरन (चिरञ्जीवी सापकोटा) र निरुता शाहीले गरेका छन् ।



बिहिबार २६, जेठ २०७९ ०६:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.