बडीमालिकाको निर्णय : आईतबार विदा नदिने, मार्तडी बजारमा सीसी क्यामरा जोड्ने र फोहर व्यवस्थानको विकल्प खोज्ने

नजिक न्युज संवाददाता    

बडीमालिकाको निर्णय : आईतबार विदा नदिने, मार्तडी बजारमा सीसी क्यामरा जोड्ने र फोहर व्यवस्थानको विकल्प खोज्ने

बाजुरा : बडीमालिका नगरपालिकाले संघिय सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन विदा दिने गरि गरेको निर्णय बडीमालिका नगरपालिकाले कार्यान्वयन नगर्ने भएको हो ।

नगर कार्यपालिकाको पहिलो बैठकबाट शनिबार विदा दिने र आईतबार सार्वजनिक विदा नदिने निणर्य गरेको बडीमालिका नगरपालिकाले निर्णय गरेको छ । आईतबारको दिनको सार्वजनिक विदाले नगरपालिकाको काममा प्रत्यक्ष असर पर्ने भन्दै सो दिन सार्वजनिक विदा नदिने निणर्य गरेको नगरपालिकाका  नगर प्रमुख अमर खड्काले बताएका छन् ।

सार्वजनिक विदा गर्ने सरकारको निणर्यले विद्यालयको पठनपाठन, स्वास्थ्य संस्थामा उपचार गर्न आउँने विरामी र कार्यालयको कामकाज प्रभावित हुने भएपछि २३ गतेबाट लागू हुने गरी आइतबारदेखि शुक्रबारसम्म साविककै समयमा कार्यालय र विद्यालय सञ्चालन गर्ने निणर्य गरेको नगर प्रमुख खड्काको भनाई छ ।
मार्तडी बजारमा सीसी क्यामरा जडान गर्ने 

बाजुरा जिल्ला सदरमुकाम मार्तडी बजारमा सिसी टीभी जडान गरिने भएको छ । बजार क्षेत्रको सुरक्षा र अपराध जन्य घटनाको निगरानीका लागि बडीमालिका नगरपालिकाले सीसी टीभी जडान गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रमा हुन सक्ने सम्भावित चोरी डकैति जस्ता अपराध नियन्त्रण एंव बजार शान्ति सुरक्षामा सहयोग पुर्याउन सीसी टिभी जडान गरिने भएको हो ।

सुरक्षा निकाय एंव बजार व्यवस्थापन समितिसंग समन्वय गरेर हाललाई सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशिल क्षेत्रमा जडान गर्ने निर्णय गरेको नगर प्रवक्ता धर्मराज पाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

फोहर व्यवस्थापनका लागि साइड खाज्ने 

सदरमुकाम मार्तडीको फोहोर ब्यबस्थापनको लागि थुवा काधमा बनाईएको ल्याण्ड फिल्ड साईडको बिल्कल्प खोजिने भएको छ । सदरमुकामको प्रबेशद्धारमै फोर फाल्ने ल्याण्ड फिल्ड साईट निर्माणले मानब स्वास्थ्यदेखि जिल्लाको सौन्दर्यता र सिष्टतालाई जनाउने भएकोले बिकल्प खोज्न लागिएको हो ।

बडिमालिका नगरपालिका७का वडा अध्यक्ष धर्मराज पाध्यायको संयोजगत्वमा ४ जना कार्यपालिका सदस्य १ जना बजार ब्यबस्थापन समिति र १ जनाप्राबिधिक गरी प्रारम्भिक समिति गठन गरिएको छ ।

समितिमा ८ नम्बर वडा अध्यक्ष चन्द्रबहादुर थापा, वडा नम्बर ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, कार्यपालिका सदस्य बुदे ल्वार त्यसैगरी निर्मला बडुवाल एक जना बजार ब्यबस्थापन समितिका प्रतिनिधि र सदस्य सचिबका रुपमा नगरपालिकाका प्राबिधिक शंकर कुमार खड्का रहेका छन् ।

प्रारम्भिक समितिलाई असार मसान्तसम्म रिर्पोट बुझाई सक्ने गरि कमिटीलाई जिम्मा दिएको बडिमालिकाका नगर प्रमुख अम्मर खड्काले बताएका छन् । सदरमुकामको मुल गेटमै फोहोरका डुंगुर र फोहोर जलाउदा निस्कने धुवाले मानवमा प्रत्यक्ष असर पर्ने भएका कारण बिगतदेखि नै गुनासो हुदै आएको थियो । 

उपसमिति गठन

नगरको काम कारवाहीलाई सहज बनाउन बिभिन्न उपसमिति गठन गरेको छ । नगर कार्यपालिकाको पहिलो बैठकले विषयगत उपसमिति गठन गरेको हो । नगरको सुपरिवेक्षण समितिमा उपप्रमुख नन्दाथापा संयोजक रहने गरी ६ सदस्यीय गठन गरेको छ ।

नगर शिक्षा समितिको संयोजकमा नगर प्रमुख अमर बहादुर खड्का संयोजक रहने गरी ११ सदस्यीय बनाइएको छ । स्थानीय राजश्व परामर्श समितिको संयोजकमा नन्दा थापा रहने गरी ५ जना सदस्य राखिएको छ ।

श्रोत अनुमानतथा बजेट सिमानिर्धारण समितिमा नगर प्रमुख अमर खड्काको संयोजकत्वमा ७ जनाको समिति गठन गरेको छ । समितिले तत्काल काम सुरु गरि जिम्मेवारी पुरा गर्न कार्य अधिकार पनि दिइसकेको छ ।



बुधबार १८, जेठ २०७९ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.