बडीमालिकाले चोरी डकैति जस्ता अपराध नियन्त्रण गर्न सिसी टिभी जडान गर्ने

नजिक न्युज संवाददाता    

बडीमालिकाले चोरी डकैति जस्ता अपराध नियन्त्रण गर्न सिसी टिभी जडान गर्ने

बाजुरा : बडीमालिका नगरपालिकाले मार्तडी बजार चोरी डकैति जस्ता अअपराध नियन्त्रण गर्न सिसी टिभी जडाने गर्ने भएको छ । बजार क्षेत्रमा हुनसक्ने चोरी सम्भावित चोरी डकैति जस्ता अपराभ नियन्त्रण एवंम शान्ति, सुरक्षामा सहयोग पुर्याउने उद्देश्यका साथ सिसी टिभी जडान गर्न लागेको हो ।

कार्यपालिकाको पहिलो निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै नगरपालिकाले सुरक्षा निकाय एवंम बजार व्यवस्थापन समितिसँग समन्वय र सहकार्य गरी सुरक्षाको दृष्टिकोणलेअति संवेदनशील क्षेत्रमा सिसी टिभी जडा गर्ने निर्णय गरिएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

त्यस्तै बडीमालिका नगरकार्यपालिकाको पहिलो बैठकले अन्य लोकपप्रिय निर्णण समेत गरेको छ । बडीमालिका नगरपालिकाबाट उत्सर्जन हुने फोहोरमैलाको दिगो व्यवस्थापन गर्न ल्याण्डफीड साइट निर्माणका लागि प्रारम्भिक अध्यन गर्न समिति गठन गरी उक्त समितिले असार मसान्तसम्म प्रतिवेदन पेश गरिसक्ने निर्देशन दिने निर्णय गरिएको छ ।

त्यस्तै संघीय सरकाले सबै सरकारी कार्यालय आइतबार विदा दिने निर्णय गरेको भएपनि बडीमालिका नगरपालिका, नगरकार्यपालिका मातहतका कार्यालयहरु बडीमालिका नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु साविक बामोजिम नै संचालन गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

बडीमालिका नगरपालिका वडा नं.८ र वडा नं.९ स्थित मार्तडी बजार क्षेत्रको सरसफार्य व्यवस्थापन गर्न निर्णय गरी कार्यदल निर्माण गर्नुका साथै सम्बन्धित वडाको वडाध्यक्ष संयोजक एक जना वडा सदस्य बजार व्यवस्थापन समिति प्रतिनिधी, वडा प्राविधिक सदस्य समेत तोकेको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा नवनिर्वाचित नगर प्रमुख, उपप्रमुखको पदवहाली पश्चायत गरिएका निर्णय तथा प्रतिवद्धताहरु अनुमोदन गरी कार्यान्वयन गर्ने गराउने निर्णय गरिेको बडीमालिका नगरपालिकाले जनाएको छ । त्यस्तै नगर कार्यपालिकाको बैठकले बडीमालिका नगरपालिका आधिकारी वक्तव्य सार्वजनिकीकरण गर्न योजनको लागि वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्यायलाई नगर प्रवक्ता रुपमा तोकेको छ ।

कार्यपालिकाको कामकारबाही व्यवस्थित गर्न पदाधिकारी तथा कर्मचारी रहने देहाय बमोजिम विषयगत समिति उपसमिति गठन गर्ने निर्णग गरिएको छ । 

जसमा विधान समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास, वन तथा वतावरण विपद् व्वस्थापन, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन प्रवद्र्धन,स्थानीय राजस्व परामर्श, स्रोत अनुगमन तथा सीमा निर्धारण, बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको नगर प्रवक्ता धर्मराज पाध्ययले जानकारी दिएको छ ।  



बुधबार १८, जेठ २०७९ ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.