बाजुरामा सबैभन्दा बढी बजेट बुढीगंगा र कम जगन्नाथमा

नजिक न्युज संवाददाता    

बाजुरामा सबैभन्दा बढी बजेट बुढीगंगा र कम जगन्नाथमा

बाजुरा : नेपाल सरकारको आर्थिक वर्ष ०७९÷८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक वर्ष २०७९ सालको बजेट सार्वजनिक भएको छ ।

बाजुरा जिल्लामा संघीय सरकारको बजेटमा सबैभन्दा बढी बजेट बुढीगंगा नगरपालिकामा आएको छ भने सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढीगंगा नगरपालिकामा ४० दशमलव ६० करोड रहेको छ भने जगन्नाथ गाउँपालिकामा २० दशमलव ५९ करोड रहेको छ ।

त्यस्तै बडीमालिका नगरपालीकाको लागि ३० दशमलव ८५ करोड, बुढीनन्दा नगरपालीकामा २९ दशमलव १३ करोड, त्रिवेणी नगरपालीकामा ३३ दशमलव १५ करोड, गौमुल गाउँपालीकाको लागि २६ दशमलव ८८ करोड रहेको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका लागि ३५ दशमलव ७५ करोड, स्वामीकार्तिक खापर गाउँपालकिा लागि २८ दशमलव ६१ करोड र हिमाली गाउँपालिकामा २५ दशमलव ३४ करोड रहेको छ ।



बुधबार १८, जेठ २०७९ ०२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.