बाजुरा : राष्ट्रपति विद्यादेवी भण्डारीले आज बडीमालिका माताको दर्शन गरेकी छन् । भण्डारीले विहान १० बजेको समयमा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीस्थलका रुपमा परिचित बडिमालिकाको दर्शन गरेको प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताएका छन् ।
अनौपचारिक भ्रमणको सिलसिलामा बडिमालिका मताको दर्शन र पूजापाठ र अवलोकनका लागि भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार विहान पहिलो पटक बाजुरा आएकी हुन् ।
बडीमालिका आउने कार्यक्रमअनुसार आज बाजुरा पुगेर भण्डारीले बडिमालिका अवलोकन तथा दर्शन गरेर सुर्खेत फर्किएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् ।
राष्ट्रपती भण्डारी बुधबार विहान ७ः३० बजे सदरमुकाम मार्तडीस्थित नेपाली सेनाको दुर्गा भन्जन गुल्ममा प्रस्थान गरेकी थिईन् । नेपाली सेनाकै अर्को हेलिकप्टरमा बडिमालिका मन्दिरमा पुगेर अवलोकन सहीत दर्शन र पूजा आरधना सकेर फेरी सुर्खेत फर्किनु भएको अधिकारीले बताए ।
खप्तडमा लाग्ने गंगादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वहरुले बडिमालिका र खप्तडमा पूजाआज गर्ने प्रचल रहेको छ । खप्तडमा जेठ महिनामा लाग्ने गंगादशहराको पहिला नै बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार राष्ट्रिपति भण्डारीले बडिमालिका माताको पूजा गर्नुको साथै पर्यटकीयस्थलको अवलोकन समेत गर्नु भएको छ ।
शक्तिपीठका रुपमा रहेको बडीमालिकाको भण्डारीले अवलोकन तथा पूजा गरेकी हुन् । उनको औपचारिक कार्यक्रम केही नभएकाले बडीमालिकाको दर्शन गरेर राष्ट्रपति भण्डारी काठमाण्डौं फर्किएको प्रजिअ अधिकारी बताए ।
राष्ट्रपति भण्डारीले बाजुराकै पर्यटकीय गन्तब्यका रुपमा रहेको बडिमालिका आएसँगै यसको संरक्षण र प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीयको भनाई रहेको छ ।
भण्डारीको पहिलो पटकको आगमनले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडिमालिका क्षेत्रको विकासमामा समेत टेवा पुग्ने स्थानीयको बुझाई रहेको छ । उहाँले मंगलबार सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस