बाजुरा : राष्ट्रपति विद्यादेवि भण्डारी भ्रमणको सिलसिलामा बाजुरा आइपुगेकी छन् । सुदूरपश्चिमकाे प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी बाजुरा आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले राष्ट्रपति भण्डारी बुधबार ७ः३४ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत बाजुराकाे सदरमुकाम मार्तडी आइपुगेको जानकारी दिए ।
उनी नेपाली सेनाको बाजुरास्थित दुर्गा भञ्जन गुल्म प्रस्थान हुनु भएको छ । राष्ट्रपति भण्डारीले बुधबार नै बाजुराको बडीमालिका पर्यटकीस्थल अवलोकन गर्ने छन् ।
प्रतिकृया दिनुहोस