बाजुराली जनताको सेवामा अनवरत रुपमा लाग्छु : प्रजिअ अधिकारी

नजिक न्युज संवाददाता    

बाजुराली जनताको सेवामा अनवरत रुपमा लाग्छु : प्रजिअ अधिकारी

बाजुरा : प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बाजुराली जनताकाे सेवामा अनवरत रुपमा लाग्ने बताएका छन् । 

प्रमुख जिल्ला अधिकारीका रुपमा हिजाे मात्र बाजुरा पुगेका अधिकारीले आज पत्रकार भेटघाट कार्यक्रममा आफु जिल्लामा रहँदा कानुनीले दिएको अधिकारभित्र रहेर जनताको सेवामा अनवरत रुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् । 

जिल्लाको समग्र विकासका लागि खोज पत्रकारिताबाट रचनात्मक सहयोग गर्न आग्रह गरेका छन् । जिल्लको विकास र जनतालाई सू–सूचित गराउन संचार माध्यमको  अहम् भूमिका रहेको प्रजिअ अधिकारी बताएका छन् ।

 पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले संचारले लेखेका कुरा समाजले सिक्ने भएकाले सत्यतथ्य र आधिकारिक समाचार सम्प्रषेण गर्न संचारकर्मीलाई आग्रह गरेका हुन् । 

जिल्लाको प्रजिअ रहँदासम्म सहकार्य र सद्भावका सात अघि बढ्ने प्रजिअ अधिकारी बताए । पत्रकारले प्रशासनले दिने सेवा सुविधा र समाचारका लागि सम्र्पक गर्दा भोगेका समस्याहरु समेत प्रजिअलाई सुनाएका थिए ।

 पत्रकार भेटघाट कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्ट, शसस्त्र प्रहरी नायव उपरिक्षक गंगादत्त पन्त,प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापा,जिल्लास्थित विभिन्न संचार माध्यममा कार्यरत संचारकमीहरु सहभागीता रहेकाे थियाे ।



मङ्गलबार १७, जेठ २०७९ ०९:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.