बडीमालिकाका जनप्रतिनिधीलाई प्रेस चौतारीले दियो बधाई

नजिक न्युज संवाददाता    

बडीमालिकाका जनप्रतिनिधीलाई प्रेस चौतारीले दियो बधाई

बाजुरा : बडीमालिका नगरपालिकाका जनप्रतिनिधीलाई प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले बधाई तथा सम्मान गरेको छ । २०७९ स्थानीय तह निर्वाचनमा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहीतका जनप्रतिनिधीलाई औपचारिक कार्यक्रमकाबीच बधाई दिएको हो ।

प्रेस चौतारी जिल्ला शाखाका संस्थापक र वर्तमान अध्यक्ष लगायत नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा सम्मान गरेको प्रेस चौतारी जिल्ला शाखा उपाध्यक्ष मदन विकले बताएका छन् । 

बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्का चौतारीमा लामो समयसम्म आवद्ध भएर काम गर्नु भएको थियो । नगर प्रमुख खड्का प्रेस चौतारी जिल्ला शाखा बाजुराका संस्थापक पनि हुन् । प्रेस चौतारीलाई जिल्लामा स्थातित गर्दै चैतारीबाटै राजनीतिक यात्रा तय गरेका खड्का हाल नगर प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै नगर उपप्रमुख नन्दा थापा पनि प्रेस चौतारी जिल्ला शाखाको अध्यक्ष थिईन् । चौतारीमा रहेर नेकपा एमालेमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थापा हाल बडीमालिका नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी छन् ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्याय चौतारीबाटै राजनीतिमा प्रवेश गरेर अहिले जनप्रतिनिधीका रुपमा निर्वाचित हुनु भएको छ ।

प्रेस चौतारी बाजुरा शाखाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा सम्मान कार्यक्रमा नगर प्रमुख खड्का र उपप्रमुख थापालाई प्रेस चौतारी उपाध्यक्षद्धय मदन विक र कालिका उपाध्यायले मायाको चिनो प्रदान सहीत बधाई ज्ञापन गरेका थिए ।

बधाई कार्यक्रममा नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, २ काअध्यक्ष डम्मर महत, ५ का धर्मपाल विक, ७ का धर्मराज पाध्याय, ८ का चन्द्र बहादुर थापा, ९ का सूर्यकिरण विक रहनु भएको थियो ।

नवनिर्वाचित जनप्रतिनिधीलाई प्रेस चौतारी केन्द्री सदस्य बसन्त विश्वकर्मा, प्रेस चौतारी नेपाल सुदूरपश्चिम अध्यक्ष कृष्ण ओली, सदस्य पदम सिंह, टेक बहादुर थापा र प्रेस चोतारी जिल्ला शाखा उपाध्यक्षद्धय मदन विक, कालिका उपाध्याय, कोषाध्यक्ष शुसिल रोकाया, सचिव रमित विक लगायत पदाधिकारीहरुले अविर सहीत खादा लगाएर बधाई ज्ञापन गरेका छन् ।

बधाई कार्यक्रममा नगर प्रमुख अमर खड्काले स्थानीय तह निर्वाचनमा निर्वाचित गर्न संगठन र पत्रकारिता क्षेत्रबाट महत्वपुर्ण भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले आफूले मिडीयालाई बर्गिकरण गरेर सार्वजनिकहितका विज्ञापन र सूचना दिने व्यवस्था गर्ने बताएका छन् । 

प्रेस चौतारीले चुनावमा रणनीति ढंगले उम्मेदवारका र पार्टीका घोषित लक्ष्य उद्देश्यहरु जनताका माझ पुर्याउनुको साथै चुनावमा कार्यकर्ता तथा नेताको रुपमा आफै खटिएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेर आफूहरुले सफलता प्राप्त गरेको खड्काले बताए ।

प्रेस चौतारी सचिव रमित विकले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख नन्दा थापाले प्रेस चौतारीबाट राजनीति यात्रा तय गरेर अहिले उपप्रमुखमा निर्वाचित हुन सफल भएको बताएकी छन् । उहाँले पत्रकारितासँगै संगठनलाई अझ बलियो बनाउन खटिएर लाग्न प्रेस चौतारीका पदाधिकारीलाई आग्रह गर्नु भएको छ । थापाले आफूले भोगेको पेशाको संरक्षण र प्रवद्र्धनमा आफ्नो कार्यकालमा भरपुर सहयोग र सहकार्य गर्ने पनि बताएकी छन् ।



मङ्गलबार १७, जेठ २०७९ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.