बाजुरा : राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बाजुरा आउने भएकी छिन् । भण्डारी मंगलबार अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छन् ।
सुुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बाजुराको बडीमालिका आउने कार्यक्रमअनुसार आज सुर्खेत आइपुगेकी जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
राष्ट्रपति भण्डारी भोली विहान बाजुराको बडीमालिका आउने जानकारी आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् ।
बुधबार बिहान बाजुरा प्रस्थान हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले मंगलबार सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नु भएको छ । भने भोली बाजुराको बडीमालिका पर्यटकीयस्थल अवलोकन गर्नु हुने छ ।
प्रतिकृया दिनुहोस