हिंसा पीडितलाई न्याय दिन र दैनिक उपभोग्य बस्तुको मुल्य नियन्त्रण गर्न अनेमसंघको माग

नजिक न्युज संवाददाता    

हिंसा पीडितलाई न्याय दिन र दैनिक उपभोग्य बस्तुको मुल्य नियन्त्रण गर्न अनेमसंघको माग

बाजुरा : अखिल नेपाल महिला संघले हिंसा पीडितको संरक्षणका साथै दोषीलाई तत्काल क्षतिपूर्ति सहीत दु्रत न्याय प्रणाली मार्फत कडा कारबाही गर्न माग गरेको छ ।

अनेमसंघ बाजुराले पछिल्लो समय समाजमा विकृति, विसंगति र हिंसाका श्रंखलाहरु बढिरहेकाले यसलाई नियन्त्रण गर्न सरकारसँग माग सहीत सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

महिलाविरुद्ध भएका बलात्कार तथा यौनजन्य अपराधमा उजूरीका लागि राखिका हदम्यादका कारण त्यस्ता जन्य अपराधहरु बाहिर आउन नसकेका कारण अपराधिहरु खुलेआम एकपछि अर्को यौनजन्य हिंसा गरिरहेका छन् । त्यसैले बलात्कार र यौजन्य हिंसाको सम्बन्धमा राखिएको हदम्याद हटाउन, कानून संसोधन गर्न र हिंसा पीडितको संरक्षणका साथै प्रभावितलाई तत्काल क्षतिपूर्ति सहीतको छिटो न्याय फाष्ट ट्रयाक प्रणाली मार्फत दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन सरकारसंग माग गरिएको अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष कोपिला सिंहले बताएकी छन् ।

त्यस्तै अखिल नेपाल महिला संघ सबै प्रकारका महिला हिंसा अन्त्यका लागि कानूनको संशोधन, आवश्यक कानून निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन र घटनामा संलग्न अपराधिहरुलाई कानूनी दायरामा ल्याई कारबाही र पीडितलाई न्याय र क्षतिपूर्तिको लागि जोडदार माग गर्दछ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No description available.त्यस्तै देशको आर्थिक अस्तव्यस्तताको अवस्थामा सुरधार हुनको सट्टा दिन प्रतिदिन भ्रष्टचार, अनियमितताको बढिरहेको छ, अन्तर्राष्ट्रिय स्तरमा मुल्य बढेको बहानामा सक्ता गठबन्धनले पेट्रोल, डिजेल, र खाना पकाउने ग्यासको मुल्य दोब्बर बढाएको छ । दैनिक उपभोग गर्ने अति आवश्यक खाद्य पदार्थको मुल्य बढ्दा सर्वसाधारण जनताको जीवन अस्तव्यस्त भएको छ, स्थानीय निर्वाचन नसकिदै गठबन्धन सरकारले जनतालार्ई महंगिको मारमा पारेको विषयमा अनेमसंघको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

अनेमसंघले पेट्रोल, डिजेल र खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य बस्तुको मुल्य नियन्त्रण गरी सर्व सुलभ सहज र सुपथ मुल्यमा पाउने व्यवस्था गर्न र कृतिम अभाव हुन नदिन कालोबजारी तथा अनियमितता रोक्न लागि तत्काल बजार अनुगमनको व्यवस्था गरी दोषीलाई कारबाहीको माग समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सचिवालय सदस्य बसुन्धारा रोकाया, केन्द्रीय सदस्य मनदेवि ओली जिल्ला अध्यक्ष कोपिला सिंह, सदस्य कल्पना महत, निर्मला बोहरा, पारु विक लगायतले प्रमुख जिल्ला अधिरकारी प्रकाशचन्द्र अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । 

No description available.No description available.



सोमबार १६, जेठ २०७९ ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.