बाजुरा : अखिल नेपाल फुटबल संघ (एन्फा)द्धारा आयोजित सहिद सि डिभिजन लिग प्रतियोगिताको लागि रानीवन स्पोर्ट क्लबलाई अमेरिकामा रहेको सुदूरपश्चिम फुटबल क्लबले आर्थिक सहयोग गरेको छ ।
रानीवन स्पोर्टस क्लबलाई अमेरिकाको मेरिल्यान्ड राज्यमा अवस्थित सुदूरपश्चिम फुटबल क्लबका खेलाडीहरुले ६५४ डलर अर्थात नेपाली ८० हजार ५८ रुपैयाँ ४३ पैसा सहयोग गरेको रानीवन स्पोर्टस क्लबका सल्लाहकार संयोजक नरेश रोकायाले बताएका छन् ।
बाजुरा घर भइ अमेरिका कर्मथली बनाइरहेका रानीवन स्पोर्टस क्लबलाइ सि डिभिजन लिग प्रतियोगिताको लागि यज्ञ बहादुर राना डलरमा १२१, केदार विक्रम शाही १२१, सुशील नाथ १००, नरेन्द्र बुढा ३१, आर्यन शाही ५०, भुपेश शाही १००, मनलाल जोशी ५१, दिपक पण्डित ३०, विक्रम शाही ५० सहयोग गरेको छ ।
आर्थिक सहयोग गर्ने सबै बाजुराकै रहेका छन् । रानीवन स्पोर्टस क्लबलाई जुनसुकै पेशामा आवद्ध सम्पूर्ण फुटबल खेलाडी अर्थात फुटबल प्रेमीहरुले सहयोगका लागि अपेक्षा गरेको छ ।
प्रतिकृया दिनुहोस