खप्तड छेडेदह ७ ले सफा सुग्धर घर आँगन, प्रत्येक घरमा चाङ जुठ्यान अभियान थाल्ने

नजिक न्युज संवाददाता    

खप्तड छेडेदह ७ ले सफा सुग्धर घर आँगन, प्रत्येक घरमा चाङ जुठ्यान अभियान थाल्ने

बाजुरा : खप्तड छेडेदह गाउँपालिका ७ नम्बर वडा कार्यालयले सफा सुग्धर घर आँगन, प्रत्येक घरमा व्यवस्थीत चाङ जुठ्यान अभियान सुरु गर्ने भएको छ । पूर्ण सरसफाइ युक्त वडा अभियानलाई थप प्रभावकारी बनाउन सफा सुग्धर घर आँगन, प्रत्येक घरमा व्यवस्थीत चाङ जुठ्यान अभियान सुरु गर्न लागिएको हो ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहीत सदस्यमा निर्वाचित सदस्यहरुले पदभार ग्रहण गर्दै वडाका सबै परिवारमा चाङ जुठ्यान अनिवार्य गर्ने गरि पहिलो निर्णय गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

वडामा रहेका करिब ५ सय बढी परिवारलाई चाङ जुठ्यान अनिवार्य गर्ने गरि अभियान नै सञ्चालन गर्ने निर्णय गरिएको वडा सचिव केशव प्रसाद जोशीले बताएका छन् । पूर्ण सरसफाइ युक्त वडा अभियानको प्रमुख सूचक भएकोले एक वर्षभित्रै सबैको घरमा निर्माण गर्ने गरि निर्णय गरिएको वडा सदस्य रणबहादुर ओलीले बताएका छन् ।

वडाले चाङ जुठ्यान निर्माणका लागि आवश्यक सिमेन्ट, बालुवा र पानी ट्यांकी वडाबाट अनुदान सहयोग गर्ने र निर्माण तथा गिट्टी स्वयम परिवारलाई नै प्रबन्धको जिम्मा दिने गरि अभियान सुरु गर्न लागिएको हो ।

वडामा एक घर एक धारा अभियान पनि जारी रहेको छ । २०७४ सालको निर्वाचन लगत्तै वडाले नमुना गाउँ टोल निर्माण अभियान सुरु गरेको थियो । त्यही अभियानलाई नै निरन्तरता दिने नर्णय गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

पदभार ग्रहण कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र रावत, एमाले नेता लालबहादुर खड्का, दलबहादुर बुढा, पूणे रावत सहीत वडा सदस्यहरु आटीचौर स्वास्थ्य चौकी इन्र्चाज रमेश बहादुर ओली सहीत वडाका कर्मचारी सहभागि थिए ।
 



सोमबार ०९, जेठ २०७९ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.