खप्तड छेडेदहले सुत्केरी र विपन्न लक्षित निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

नजिक न्युज संवाददाता    

खप्तड छेडेदहले सुत्केरी र विपन्न लक्षित निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

बाजुरा :  खप्तड छेडेदह गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । विरामी र सुत्केरीको सहज उपचार सेवाका लागि पहिलो पटक निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको हो ।

घोषणा पत्रमा उद्घोष गरेकै प्रतिवद्धता अनुसार पहिलो निर्णय नै सुत्केरी र विपन्न परिवारका विरामीको उपचार सहजताका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनको घोषणा गरेको गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताएका छन् ।

पालिका अध्यक्षमा निर्वाचित भएपछि पहिलो निर्णय स्वरुप अध्यक्ष रावतले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने गरेका छन् । दुर्गम गाउँ बस्तीका सुत्केरी र विरामीलाई स्वास्थ्य संस्था पुर्याउन र उपचारका लागि जिल्ला बाहिर पठाउन समेत सहयोग पुर्याउने उदेश्य सहीत निर्णय गरिएको अध्यक्ष रावतको भनाई छ ।

पदभार ग्रहण गर्दा गरिएको पहिलो लगत्तै कार्यान्वयनमा ल्याउने गरि काम अघि बढाउने अध्यक्ष रावतले बताएका छन् । यसै वर्षको बजेटबाट एम्बुलेन्स खरिद गर्ने र कार्यविधी बनाएर सञ्चालनमा ल्याउने बताइएको छ ।

दुर्गम बस्तीबाट स्वास्थ्य संस्था पुर्याउन समय लाग्ने र बोकेर ल्याउदा ज्यान जोखिममा पर्ने हुँदा आवश्यकता महशुस गरेर नै पालिका बासीको हितमा हुने गरि पहिलो निर्णय गरेको अध्यक्ष दिबहादुर रावतले बताएका छन् ।

अध्यक्ष रावतले आजै उपाध्यक्ष सहीत वडा अध्यक्ष सदस्य सबैलाई सपथ ग्रहण गराएका छन् । उपाध्यक्ष बिशुदेवी नाथले पनि आजै दिभार ग्रहण गरेकी छन् । पालिका अध्यक्ष, निर्वाचन अधिकारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहीतको उपस्थितिमा पदभार ग्रहण गरेकी हुन् ।

आजै पालिकाका निवर्तमान अध्यक्ष नरबहादुर रावत, उपाध्यक्ष कुन्ती बुढा साउँद पालिका पदाधिकारीलाई विदाइ गरिएको छ । विदाइ कार्यक्रममा सभासद महा नेपाली सहीत  काँग्रेस एमालेका नेताहरु सहभागि रहेका थिए ।

No description available.



सोमबार ०९, जेठ २०७९ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.