बाजुरा : बाजुरामा निःशुलक आँखा शिविर सञ्चालन हुने भएको छ । गेटा आँखा अस्पतालको आयोजनामा यहि जेठ ११ र १२ गते निःशुल्क आँखा शिविर संचालन गरिने गेटा आँखा अस्पताल कैलालीले जनाएको छ ।
आँखा शिविरमा माेतिविन्दु, आँखाका रोगीको निःशुल्क शल्यक्रिया, निःशुलक औषधी उपचार गरिने चीफ मेडिकल डाईरेक्टर डाक्टर सुरेशराज पन्तले बताएका छन् ।
त्यस्तै शिविरमा चश्माको आवश्यकता भएकाहरुलाई पनि सुपथ मुल्यमा चश्मा समेत उपलब्ध गराइने भएको छ । मार्तडीस्थित मालिका नमुना माध्यमिक विद्यालयमा शिविर संचालन गरिने बताईएको छ ।
प्रतिकृया दिनुहोस