बडीमालिका नगरपालिकाको मेयरमा एमालेका खड्का र उपमेयरमा थापा विजयी

नजिक न्युज संवाददाता    

बडीमालिका नगरपालिकाको मेयरमा एमालेका खड्का र उपमेयरमा थापा विजयी

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाको मेयर उप–मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खड्का र उप–मेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् ।

विजयी खडकाले ४ हजार ९ मत ल्याएर विजयी भएका छन् । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पाराजित भएका छन् । 

त्यस्तै उप–मेयरमा विजयी नन्दा कुमारी थापाले ४२३३ मत ल्याएका ल्यारु विजयी भएकी छन् भने थापाकी प्रतिस्पर्धी राधिका कुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याएर पाराजित भएकी छन् । मेयर उपमेयरमा नेपाली काँग्रेस र एमालेबाट नयाँ अनुहार लडेको थिए । ९ वटा वडा रहेको बडिमालिका नगरपालिकामा ७ वटा वडा नेकपा एमाले र २ वटा नेपाली काँग्रेसले जित हासिल गरेको छ । 

 वडा नं. १ मा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबल बहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले जितेका छन् ।

त्यसैगरी वडा नं.५ मा एमालेका धर्मपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा नगर प्रमुख र उप प्रमुख दुबै नेपाली काँग्रेसले जितेको थियो ।

२०७४ मा एमालेले ५ वटा जितेको थियो भने काँग्रेसले ४ वटा जित हात पारेको थियो । पहिलो स्थानीय तहको चुनावमा कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत भएको थियो भने यो पटक भने एमालेको कार्यपालिकामा बहुमत भएको छ । 

२०७४ सालमा नगर–प्रमुखमा नेपालि काँग्रेसका उम्मेदवारसँग नेकपा एमालेका उम्मेदवार ३८ मतले पराजय भएका थिए । यो पटक एमाले नगर प्रमुखसँग काँग्रेसका मेयर ठुलो मतअन्तरले पराजय भएका छन् ।   
 



मङ्गलबार ०३, जेठ २०७९ ०५:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.