कैलालीका ४ पालिकामा नागरिक उन्मुक्तिको अग्रता, ३ मा काँग्रेस अगाडि

नजिक न्युज संवाददाता    

कैलालीका ४ पालिकामा नागरिक उन्मुक्तिको अग्रता, ३ मा काँग्रेस अगाडि

धनगढी : १३ स्थानीय तह रहेको कैलालीमा मंगलबार विहानसम्म एउटा पालिकाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। बाँकी १२ पालिकामा भने मतगणना जारी छ। जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन्। 

यस्तै एकमात्र उपमहानगरपालिका धनगढीमा भने धनगढी उम्मेदवार गोपाल हमालको अग्रता छ। उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३ हजार बढी मतले अगाडि छन्। जिल्लाका चार पालिकामा भने रेशम चौधरीको पार्टी नागरि उन्मुक्तिका उम्मेदवार अगाडि छन्।

टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति अग्रस्थानमा रहेको हो। यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा छ।

गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र, बर्दगोरिया गाउँपालिकामा नेकपा एमाले र घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारले लिड गरिरहेका छन्। 



मङ्गलबार ०३, जेठ २०७९ ०२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.