धनगढी उपमहानगरमा १५ हजार ४३७ मतगणना, ३२८७ मतले अगाडि हमाल

नजिक न्युज संवाददाता    

धनगढी उपमहानगरमा १५ हजार ४३७ मतगणना, ३२८७ मतले अगाडि हमाल

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबारसम्म १५ हजार ४३७ मतगणना भएको छ।

बिहान १० बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले ६ हजार ८४१ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८०७ मत पाएका छन्।

हमाल र वडबीच ३ हजार २८७ मतको अन्तर छ। मेयर पदमा ३ हजार ७४ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ मतका साथ लिड गरिरहेकी छिन्।

एमालेकी कन्दकला रानाले ३ हजार ४९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६८६ मत पाएका छन्। उपमेयरमा ६ हजार २९२ मत बदर भएको छ। 



मङ्गलबार ०३, जेठ २०७९ ०२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.