सुदूरपश्चिमका ४५ पालिकामा मतगणना सम्पन्न, कहाँ को विजयी ? (सूचीसहित)

नजिक न्युज संवाददाता    

सुदूरपश्चिमका ४५ पालिकामा मतगणना सम्पन्न, कहाँ को विजयी ? (सूचीसहित)

धनगढी : सुदूरपश्चिम प्रदेशका ४५ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएको छ। प्रदेशका नौं जिल्लामा रहेका ८८ पालिकामध्ये ४५ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। ४५ मध्ये सबैभन्दा बढी पालिकामा नेपाली काँग्रेस विजयी भएको छ।

काँग्रेसलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछ्याइरहेका छन्। प्रदेशका १९ पालिकामा काँग्रेस, १६ पालिकामा नेकपा एमाले, ९ पालिकामा माओवादी केन्द्र र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीले भने अझै खाता खोल्न सकेको छैन। 



मङ्गलबार ०३, जेठ २०७९ ०२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.