बाजुराको जगन्नाथका ३ वडाको मत गणना सकियो, कुन वडामा को विजयी ?

नजिक न्युज संवाददाता    

बाजुराको जगन्नाथका ३ वडाको मत गणना सकियो, कुन वडामा को विजयी ?

बाजुरा : जिल्लाको जगनन्नाथ गाउँपालिकाको ती वटा वडाको मतगणना सकिएको छ । पछिल्लो मतगणना अनुसार पालिकाका विभिन्न वडाको मतपरिणाम आउँन क्रम जारी नै रहेको छ । 

जगन्नाथ गाउँपालिका वडा नं. २ मा नेकपा माओबादी केन्द्रका धनवीर सार्की विजयी भएका छन । विजेता सार्कीलाई ३५८ मत प्राप्त भएको छ भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका नन्द बहादुर शाहीले ३५२ मत ल्यारु पराजित भएका हुन् । 

वडा नंं.५ मा नेकपा एमालेका गौरी सार्की विजयी भएका छन् । उहाँले ३८६ मत ल्याएर विजयी भएका हुन भने उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रकाश शाहीले १७६ मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरी वडा नं.६ मा नेकपा एमालेका धनबहादुर सार्की विजयी भएका छन् । विजेता सार्कीले ४८३ मत प्राप्त गरेका छन् भने उहाँका निकटम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार धिरेन्द्र रावलले २९१ मत ल्याएर पराजित भएका छन् । जगन्नाथ अन्य वडाका मतगणना कायमै रहेको छ ।



मङ्गलबार ०३, जेठ २०७९ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.