बाजुरा : बडीमालिका नगरपालिका वडा नं.८ मा वडाध्यक्षमा नेकपा एमालेका चन्द्र बहादुर थापा सहित सिंगो प्यानल नै विजयी भएको छ ।
विजेता थापाले ५९६ ल्याएर विजयी भएका हुन् । भने उहाँका निकटम प्रतिस्पर्धी प्रकाश रावलले ५४८ मत ल्याएर पराजित भएका छन् । प्रकाश रावल २०७४ सालको चुनावमा वडाध्यक्षमा विजयी भएका थिए ।
काँग्रेसको पकट क्षेत्रका रुपमा चिनिने सो वडामा यो पटक भने नेकपा एमालेको सिंगो टिम नै विजयी हासिल गरेको छ । योसँगै नगरप्रमुख र उपप्रमुखको फराकिलो मत आन्तरले अगाडी गएको छ । अब एक वडाको मात्र मत गणना हुन बाकी रहेको छ ।
प्रतिकृया दिनुहोस