बाजुराको बडीमालिकामा फराकिलो मतान्तरले एमाले अगाडि, ८ नम्बर वडामा पनि एमालेको जित

नजिक न्युज संवाददाता    

बाजुराको बडीमालिकामा फराकिलो मतान्तरले एमाले अगाडि, ८ नम्बर वडामा पनि एमालेको जित

बाजुरा : बाजुराको बडीमालिामा फराकिलो मतान्तरले नेकपा एमालेले अग्रता लिएको छ । पालिकाको पछिल्लो मत सार्वजनिक भए अनुसार नेकपा एमाले मेयर पदमा ३२६१ उपमेयर पदमा ३३८३ ल्याएर अग्रता लिएको छ भने नेपाली काँग्रेस मेयर पदमा ३१७८ र उपमेयर पदमा ३११६ ल्याएको छ । 

सबैको चासो रहेको बडीमालिका नगरपालिका वडा नं.७ मा भने नेपाली काँग्रेसले एक वडा सदस्य बाहेक सबै पराजित ब्यर्हेनु परेको छ । अध्यक्षमा नेकपा एमालेका धर्मबहादुर पाध्याय सहित प्यानल नै विजयी भएको छ ।

सोही वडामा काँग्रेसले बढी मत ल्याउँने आकडा गरेको भएपनि सोचे जस्तो मत प्राप्त गर्न सकेन् अब बडीमालिका नगरपालिकाका २ वटा वडा मात्र मतगणना हुन बाकी रहेको छ । 

बडीमालिका वडा नंं. ८ मा पनि  नेकपा एमाले नै विजयी भएको छ । वडाध्यक्षमा चन्द्र थापाले ५९६ मत ल्याएर विजयी भएका छन् भने उहाँ निकटम प्रतिस्पर्धी प्रकाश रावलले ५४८  मत ल्याएर पराजित भएका छन् । रावल २०७४ सालको चुनावमा वडाध्यक्षमा विजयी भएका थिए ।  



मङ्गलबार ०३, जेठ २०७९ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.