बाजुरा: जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका दिलबहादुर रावत र उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी विसुदेखि नाथ विजयी भएका छन् । भने नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका खड्क बहादुर बुढा पराजित भएका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेकी मनदेवि ओली पराजित भएकी छन् ।
विजयी भएका रावतले ३७४७ मत प्राप्त गरेका छन् भने उहाँका निकटम प्रतिस्पर्धी बुढाले ३५५८ मत ल्याएर पराजित भएका छन् । नेपाली काँग्रेसबाट उपाध्यक्षमा उम्मेदवार बनेकी विसुदेवि नाथले ३६४२ मत प्राप्त गरेर विजयी भएकी हुन् । पराजित ओलीले ३५९४ मत प्राप्त गरेकी छन् ।
नेपाली काँग्रेसको किल्ला भनेर चिनिने खप्तड छेडेदहमा यो पटक प्रमुख पदमै एमालेले जित हासिल गरेको छ । नेकपा एमालेले यो पटक विरासत फर्काएको छ । ७ वडा रहेको खप्तड छेडेदहमा ५ वटा वडा नेपाली काँग्रेस विजयी भएको छ भने २ वटा वडामा एमालेले जित हासिल गरेको छ ।
काँग्रेसबाट वडा नं.१ मा वीरबहादुर रावल, वडा नं.२ मा भक्त बहादुर बुढा वडा नं.३ मा विर्क बहादुर रावत, वडा नं.५ मा जीत बहादुर रावत र ६ नम्बर वडामा हर्क विष्ट विजयी भएकाक छन् ।
त्यस्तै नेकपा एमालेबाट वडा नं.४ मा दल बहादुर धामी र वडा नं.७ मा खगेन्द्र बहादुर रावत सहित सिंगो टिम विजयी भएको छ ।
प्रतिकृया दिनुहोस