बाजुरा : जिल्लाको बडीमालिका नगरपालिका वडा नं.६ मा नेकपा एमालेका कृष्ण खड्का विजयी भएका छन् । अध्यक्षमा खड्का सहित सिंगो प्यानलै विजयी भएका हो ।
विजेता खड्काले ६ सय २६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धन बहादुर थापाले ४ सय ४० मत ल्याएर पराजित भएका छन । सो वडा २०७४ सालको चुनावमा बडीमालिका नगरपालिकाको मेयरमा निर्वाचित भएका पदम बडुवालको वडा हो ।
नेपाली काँग्रेसले सोही वडालाई विषेश रुपमा चसो राखेको भएपनि विरासत भत्किएको छ । बडीमालिका नगरपालिकामा पछिल्लो मतपरिणाममा नेकपा एमाले नै अग्रता देखिएको छ ।
प्रतिकृया दिनुहोस