गौमुल गाउँपालिकाका विजेता हरि बहादुर रोकाया र पराजित हिरेन्द्र रोकाया विजयी जुलुसमा

नजिक न्युज संवाददाता    

गौमुल गाउँपालिकाका विजेता हरि बहादुर रोकाया र पराजित हिरेन्द्र रोकाया विजयी जुलुसमा

बाजुरा : गौमुल गाउँपालिकामा अध्यक्ष पदमा विजयी हरि बहादुर रोकाया र पराजित उम्मेदवार हिरेन्द्र बहादुर रोकायासँगै विजयी जुलुसमा सहभागि भएका छन् ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदमा पराजित भएका हिरेन्द्र रोकाया नेकपा एमालेबाट विजयी भएका हरिबहादुर रोकायासँग हर्षौल्लासका साथ विजयी जुलुसमा रमाईलो गरिरहेका छन् ।

कार्यकर्ताहरुले विजयी र पराजित दुबैलाई विजयी जुलुसमा काधमा राखेर नारासहित घट्मुना बजार परिक्रम गरिरहेका छन् । अध्यक्षमा एमालेका हरिबहादुर रोकायाले ३ हजार ४ सय ३४ मत र उपाध्यक्षमा पनि एमालेकै सीता थापाले ३ हजार १ सय ९४ मतसहित विजयी हुन् ।  

हरि बहादुर रोकायाका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका हरेन्द्र बहादुर रोकाया १४ सय ७० मत ल्याएर पराजित भएका हुन् । भने नेपाली काँग्रेसकै उपाध्यक्ष पदकी उम्मेदवार उमा रोकायाले १७ सय ४४ मत प्राप्त गरेर पराजित भएकी छन् ।     
 



सोमबार ०२, जेठ २०७९ ०३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.