गौमुलको अध्यक्ष र उपाध्यक्षमा एमालेका हरि र सीता विजयी

नजिक न्युज संवाददाता    

गौमुलको अध्यक्ष र उपाध्यक्षमा एमालेका हरि र सीता विजयी

बाजुरा : बाजुराको गौमुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाका सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्षमा एमालेका हरिबहादुर रोकायाले ३ हजार ४ सय ३४ मत र उपाध्यक्षमा पनि एमालेकै सीता थापाले ३ हजार १ सय ९४ मतसहित विजयी भएका छन् । 

हरि बहादुर रोकायाका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका हरेन्द्र बहादुर रोकाया १४ सय ७० मत ल्याएर पराजित भएका छन् । भने नेपाली काँग्रेसकै उपाध्यक्ष पदकी उम्मेदवार उमा रोकायाले १७ सय ४४ मत प्राप्त गरेकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उमा रोकाया १५ सय १० मत ल्याएर पराजित भएकी थिईन् ।

२०७४ सालकै स्थानीय तहको निर्वाचनमा अध्यक्षमा एमालेका हरिबहादुर रोकायाले २२ सय ४० मत ल्याएर जिवयी भएका थिए भने नेपाली काँग्रेसका देब बहादुर रोकायाले १४ सय ९१ मत ल्याएर पराजित भएका भए । हालको स्थानीय तहको निर्वाचनमा पनि हरिबहादुर रोकाया र सीता थापाले भारी मतका साथ विजयी हासिल गरेका छन् । 

गौमुल गाउँपालिकामा ३२ पदमा भएको निर्वाचनमा नेकपा एमालेले ३२ वटै पदामा सिंगो टिमसहित जिजयी भएको छ । एमालेको लाल किंलाको रुपमा परिचित गौमुलमा यो चुनावमा झनै बलियोका साथ विजयी हासिल गरेको छ ।

गौमुलका ६ वटै वडामा एमालेको प्यानल सहित विजयी भएको छ । जसमा वडा नं.१ को अध्यक्षमा देवेन्द्र रोकाया, वडा नंं.२ मा देवबहादुर रोकाया, वडा नं.३ मा गोरख बहादुर रोकाया, वडा नं.४ मा अमर बहादुर विक, वडा नं. ५ मा कलक बहादुर सिंह र वडा नंं.६ मा प्रकाश बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ ।
 



सोमबार ०२, जेठ २०७९ ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.