हिमाली गाउँपालिका–६ मा एमालेका भण्डारी सहीत सिंगो प्यानल विजयी, यस्तो छ मतपरिणाम

नजिक न्युज संवाददाता    

हिमाली गाउँपालिका–६ मा एमालेका भण्डारी सहीत सिंगो प्यानल विजयी, यस्तो छ मतपरिणाम

बाजुरा : हिमाली गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका प्रमलाल भण्डारीको सिंडो प्यानल विजयी भएका छन् । भण्डारीले ५६८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवारले ५५९ मत ल्याएर परिजित भएका छन् । त्यस्तै मत गणना कार्य जारी नै रहेको छ ।

हिमाली गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार १५९४ मत गणना हुँदा अध्यक्षमा एमालेका अजबहादुर मल्ल ६९३ काँग्रेसका गोबिन्द बहादुर मल्ल ७१६ र उपाध्यक्षमा एमालेका राजकला सार्की ७६१ र काँग्रेसका कमला रावत रोकाया ६४६ मत प्राप्त गरेका छन् ।



सोमबार ०२, जेठ २०७९ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.