कैलालीमा टिप्परको ठक्करबाट एक वृद्धा घाइते

नजिक न्युज संवाददाता    

कैलालीमा टिप्परको ठक्करबाट एक वृद्धा घाइते

धनगढी : कैलालीमा टिप्परको ठक्करबाट एक वृद्धा घाइते भएकी छिन्। सोमबार बिहान जिल्लाको बर्दगोरिया गाउँपालिका-४ मुडा बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश ७ ०१-००१ ख २९९७ नम्बरको टिप्परले पैदलयात्री बर्दगोरिया-१ की ७० वर्षीया रिउचा सञ्ज्याल घाइते भएकी प्रहरीले बताएको छ।

उनलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। टिप्पर चालक बर्दगोरिया-२ का ३६ वर्षीय रामकृष्ण गिरीलाई नियन्त्रणमा लिइएको उनले बताए। 
 



मङ्गलबार २०, बैशाख २०७९ ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.