एमालेप्रति खप्तड छेडेदहमा जनताको आकर्षण बढ्दो, सयौंको संख्यामा एमाले प्रवेश

नजिक न्युज संवाददाता    

एमालेप्रति खप्तड छेडेदहमा जनताको आकर्षण बढ्दो, सयौंको संख्यामा एमाले प्रवेश

बाजुरा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाजुरामा पनि यतिबेला चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारी दर्ताको पछिल्लो दिनदेखि विभिन्न राजनीतिक दहरु गाउँ–गाउँमा पुगेर जनतासँग भेटघाट गरिरहेका छन् । 

प्रचार–प्रसार सहीत विभिन्न पार्टीबाट टिक पाएका उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्छन् । यतिबेला जनता सामु पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल समेत गरिरहेका छन् । 

नेकपा एमाले पनि अहिले जिल्लाभर उम्मेदवारलाई लिएर घरदैलो अभियान गरिरहेको छ । सोही क्रममा एमाले खप्तड छेडेद गाउँ कमिटीले वडा नं. १ र २ को सयुक्त चुनावी सभामा एमालेका केन्द्रीय नेताहरुको सहभागितामा  गरेको छ । 

गाउँ कमिटीको चुनावी सभामा खप्तड छेडेदहमा नेपाली काँग्रेस छोडेर एमाले प्रवेश गर्नेहरुको लर्को लागेको छ । नेता तथा उम्मेदवारहरु गाउँमा पुगेपछि युवा लगायत दैनिक दिन सयौंको संख्यामा एमाले रोज्ने गरेका छन् । 

खप्तड छेडेदह गाउँपालिका १ र २ को संयुक्त आयोजनामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी संचालन गरिएको चुनावी सभामा आज नेपाली काँग्रेस छाडेर सयौंको संख्यामा एमालेमा प्रवेश गरेका छन् । 

काँग्रेस छाडेर सयौंको संख्यामा एमाले प्रवेश गरेका नवप्रवेशीहरुलाई एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, केन्द्रीय सदस्यद्धय लालबहादुर थापा, प्रकाश शाह, प्रदेश कमिटी सदस्य लालबहादुर ओली लगायतले अविर, खादा र माला लगाएर स्वागत गरेका छन् ।

यसअघि काँग्रेस पार्टीमा आस्थावान रहेका उनीहरुले खप्तड छेडेदहमा काँग्रेसको सरकार हुँदा जनताले दुखः पाएकोले एमालेमा प्रवेश गरेको बताएका छन् । 

एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले आयोजना गरेको चुनावी सभामा एमालेका स्थायी कमिटी सदस्य एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापा, केन्द्रीय सदस्यद्धय लालबहादर थापा, प्रकाश शाह र प्रदेश कमिटी सदस्य लालबहादुर ओली, प्रेस चौतारी सुदूरपश्चि अध्यक्ष कृष्ण ओली लगायतले चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

चुनावी सभामा सम्बोधन गर्ने सबै नेताहरुले एमाले नै देश विकास गर्ने पार्टी भएकोले सुर्यचिन्हमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी गराउन जनतासंग आग्रह गरेका थिए । 

खप्तड छेडेद गाउँपालिकामा यस पटक एमालेले गाउँपालिकाको अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मन्देवी ओलीलाई उम्मेदवार बनाएको छ ।

अहिले १ देखि ७ सम्मका सबै वडाध्यक्ष, सदस्यहरु सहीत नेता कार्यकर्ताहरु एकजुट भएर घरदैलो अभियानमा खटिएका छन् । १ देखि ७ वटै वडामा एमाले खप्तड छेडेदह गाउँ कमिटीले चुनावी घरदैलो कार्यक्रम गर्ने बताएको छ । 

एमाले खप्तड छेडेदह गाउँ कमिटीका अध्यक्ष गोपाल बुढाको अध्यक्षतामा गरिएको १ र २ नम्बर वडाको सयुक्त चुनावी सभामा प्रमख अतिथि एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा र प्रकाश शाह रहेका थिए भने अतिथिमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलबहादुर रावत, उपाध्यक्षका उम्मेदवार मन्देवी ओली लगायत नेता कार्यक्रताहरूको सहभागिता रहेको थियो ।



सोमबार १९, बैशाख २०७९ ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.