माओवादी केन्द्र बाजुराले भन्यो बडीमालिकाको ५, ७ र ९ नम्बर वडामा गठबन्धन भएकोे छैन

नजिक न्युज संवाददाता    

माओवादी केन्द्र बाजुराले भन्यो बडीमालिकाको ५, ७ र ९ नम्बर वडामा गठबन्धन भएकोे छैन

बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराले बडीमालिका नगरपालिका–५, ७ र ९ नम्बर वडामा काँग्रेससँग गठबन्धन नभएको बताएको छ । सोही वडाहरुमा काँग्रेससँग तालमेल गरेको भन्ने कुरा साचो नभएकाको माओवादी केन्द्र बाजुराले एक प्रेस विज्ञप्ती मार्फत जानकारी गरेको छ ।

त्यस्तै गठबन्धनको नाममा नेपाली काँग्रेस पार्टीले दम्भका साथ उम्मेदवारी फिर्ता लिएको र सहमतीमा गठबन्धन गरेको भनेर भ्रम फैलाएको बताईएको छ ।

सोही वडाहरुमा कसैसँग गठबन्धन नगरेको र नेकपा माओवादी सिंगो एकल पार्टी चुनावी मैदानमा जाने तायारीमा रहेको माओवादी केन्द्र बाजुराले जनाएको छ ।

नेपाली काँग्रेसले भ्रम फैलाएर गठबन्धन भएको भन्ने सूचना कसैले पनि सही नमान्न समेत माओवादीले सबै कार्यकताहरुलाई आग्रह गरेको छ । राष्ट्रिय राजनीतिमा बाम लोकतान्त्रिक गठबन्त्रधनप्रति प्रतिवद्ध हुँदाहुदै र जिल्लाको परिप्रेक्षमा धेरै कोशीस गर्दागर्दैपनि सत्ता प्रमुख घटक नेपाली काँग्रेस पार्टीको अकर्मण्यता, अहंकार र दम्भले भुलाई पार्टीलाई बिलयतिर लिन खोजेको आरोप माओवादीले लगाएको छ । 

गठबन्धनको नाममा सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्य आफ्न्र राख्न खोज्नु, उम्मेदवारी दर्ताको एक घण्टापछि मात्र सामान्य फेरबदल गरेको मनगणन्ते कुरा बाहिर ल्याउनु, उम्मेदवारी फिर्ताको कानुनी ढोका बन्द भएपछि हामीले उम्मेदवारी फिर्ता गरेका छौ भन्ने बाहिर भ्रम छर्नु लगायतका निज प्रवृत्ति काँग्रेस गर्दै आएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस किसिमका भ्रम तथा जालझेलमा नपर्न माओवादी केन्द्रले कार्यकर्तालाई निर्देशन सहीत आग्रह गरेको छ । पार्टीको उम्मेदवारी रहेको बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका लगायत तालमेल नभएका सबै पालिका र वडाहरुमा धैर्य र शाहसीक भएर आफ्नो निर्वाचन चिन्ह लिएर प्रचार–प्रसार गरी भोट माग्न समेत प्रेस विज्ञप्ती मार्फत जानकारी गरेको छ ।

बडीमालिका नगरपालिकाको मेयर, उपमेयर र वडा नं. ५, ७ र ९ मा तालमेल नगरेरै माओवादी केन्द्रको सिंगो प्यानल नै चुनावमा लड्ने माओवादी केन्द्र बडीमालिका नगरपालिकाका सह–इन्चार्ज तथा मेयर उम्मेदवार चन्द्र थापाले बताएका छन् । तालमेल भएको भन्ने भ्रम फैलाएकोले कसैपनि भ्रममा नपर्न समेत उनले आग्रह गरेका छन् ।

नेपाली काँग्रेसले जालझेल गरेर आफ्ना कार्यकर्ताहरुलाई भ्रममा फाल्न खोज र पार्टीलाई नै बिलयतिर लिन खोजेको थापाले आरोप लगाएका छन् ।
 



सोमबार १९, बैशाख २०७९ ०८:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.