बाजुरामा दलहरु चुनावी प्रचारमा व्यस्त, कतै स्वतन्त्र, कतै सयुक्त प्रचार

नजिक न्युज संवाददाता    

बाजुरामा दलहरु चुनावी प्रचारमा व्यस्त, कतै स्वतन्त्र, कतै सयुक्त प्रचार

बाजुरा : आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी प्रचारमा व्यस्त देखिएका छन् । बाजुराका नौ वटै स्थानीय तहमा दलहरुले आ आफ्ना उम्मेदवारलाई घरदैलामा व्यस्त राखेका छन् ।

पालिका प्रमुख उपप्रमुखका उम्मेदवार देखि वडा अध्यक्ष सदस्यसम्म सबै जना मतदातासँग भेटघाटमा व्यस्त छन् । नेताहरु किसानले काम गर्ने खेतबारी देखि गोठ खर्चसम्म र घर आँगनमा पुग्ने देखि सँगै काम गर्ने सम्मका तरिका अपनाएर भेटघाटलाई तिब्रता दिएका छन् ।

May be an image of 4 people, people standing and outdoorsहिमाली गाउँपालिकामा एमाले र काँग्रेस बीचको प्रतिस्प्रर्धा देखिएको छ । भने गोरख सार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेलाई माओवादीले सहयोग गर्ने गरि ७ मध्ये १ वटा वडा लिएको छ । अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की उम्मेदवार बनेका छन् । काँग्रेसबाट हालका अध्यक्ष गोविन्द्र मल्ल र कमला रावल मैदानमा छन् । 

स्वामिकात्र्तिक खापर गाउँपालिकामा एमाले, काँग्रेस र माओवादी समाजवादी बीचको प्रतिस्प्रर्धा देखिएको छ । तीनै दलका उम्मेदवार यतिबेला मतदाता रिझाउन गाउँ केन्द्रीत बनेका छन् । एमाले बाट चर्तुभुज शाही, सुलोचना भण्डारी बुढा, काँग्रेसबाट भरत रोकाया, मैना जैशी, समाजवादीका अध्यक्ष चिरञ्जीवी शाही र उपाध्यक्ष सुरेश रोकाया मैदानमा छन् ।

May be an image of 6 people, child, people standing, people sitting and outdoorsजगन्नाथमा एमाले एकतिर छ, भने माओवादी, समाजवादी र काँग्रेसले गठबन्धन गरेका छन् । एमालेका कालीबहादुर शाही, मरुकला विष्ट, गठबन्धनबाट अध्यक्षमा सुन्दर विष्ट, उपाध्यक्षमा धर्म शाही छन् । भने माओवादीका महेश शाहीले पनि उपाध्यक्षमै उम्मेदवारी दिएका छन् । उहाँहरुले पनि आफ्नो चुनावी दौडलाई तिब्र पारेका छन् ।

बुढीनन्दा नगरपालिकामा एमालेले नगर प्रमुखमा जनक कुमार बोहरा र उपप्रमुखमा स्वतन्त्रबाट रामबहादुर बोहरालाई उठाएको छ । भने काँग्रेसले पदम गिरी र रिता सिंह उम्मेदवार बनेका छन् । माओवादी समाजवादी सबैले उम्मेदवारी फिर्ता लिएर माओवादीले एमालेलाई सहयोग गर्ने गरि सयुक्त प्रचारमा जुटेका छन् ।

बडीमालिका नगरपालिकामा काँग्रेस, माओवादी र समाजवादी बीच अघोषीत गठबन्धन देखिएको छ । एमालेका पक्षमा देखिएको मावलका विरुद्धमा सयुक्त गठबन्धन बनाउने रणनीति अघि सारेपनि माओवादीले एउटा वडामा अध्यक्ष सदस्यको पनि भाग पाएको छैन् । भने समाजवादीलाई ९ नम्बर वडामा अध्यक्ष दिएर सबै वडा र नगरमा मत आफ्नो पक्षमा पार्ने रणनीतिमा काँग्रेस देखिएको छ । 

बडीमालिकामा एमालेबाट अमर खड्का, नन्दा थापा, काँग्रेसबाट धनराज पण्डित र राधिका सिंह उम्मेदवार बनेका छन् । भने माओवादीबाट चन्द्र थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काँग्रेस र एमालेको चुनावी प्रचार बडीमालिकामा तिब्र देखिएको छ ।

गौमुल गाउँपालिकामा एमाले र काँग्रेसकै उम्मेदवारीबीच प्रतिस्प्रर्धा हुने छ । एमालेबाट हरि रोकाया र सिता थापा वर्तमान अध्यक्ष उपाध्यक्ष नै दोहोरिएका छन् । भने काँग्रेसबाट हिरेन्द्र रोकाया र उमा रोकायाको उम्मेदवारी छ । दुबै दलले दलबल सहीत चुनावी प्रचार तिब्र पारेका छन् ।

खप्तड छेडेदह गाउँपालिकामा पनि काँग्रेस एमाले बीच नै प्रतिस्पर्धा देखिएको छ । समाजवादी र माओवादीले पालिकामा उम्मेदवारी नै दिएका छै्रनन्, भने माओवादीले ३ नम्बर वडा अध्यक्षमा मात्र उम्मेदवारी दिएको छ । काँग्रेसबाट ४ नम्बरमा वडा अध्यक्ष बागी उठेका छन् । सबैले चुनावी प्रचारलाई तिब्र पारेको अवस्था छ । 

त्रिवेणी नगरपालिकामा समाजवादीबाट कुनै वडामा उम्मेदवारी छैन्, माओवादी र एमाले बीच चुनावी तालमेल भएको छ । भने काँग्रेसका केही वडामा बागी बाहेक एक्लो मैदानमा देखिएको छ । एमालेबाट मोतीसिंह बुढा प्रमुख र माओवादीबाट मनराजे बुढा मिलन उपप्रमुखका उम्मेदवार बनेका छन् । भने काँग्रेसबाट कर्णबहादुर थापा र कमला न्यौपाने उम्मेदवार छन् । त्रिवेणीमा पनि चुनावी घरदैलो तिब्र पारिएको छ ।

May be an image of one or more people, people standing, outdoors and crowdबुढीगंगा नगरपालिकामा पनि वडामा बाहेक पालिकामा काँग्रेस एमालेकै प्रतिस्पर्धा देखिएको छ । एमालेले पुरानै पराजित उम्मेदवार रामबहादुर बाँनीया र माया कुँवरलाई उठाएको छ । भने काँग्रेसले दुबै नयाँ अनुहार शिक्षक पेशाबाट अवकाश रंग खाती र रिता शाहीलाई उम्मेदवार बनाएको छन् ।

काँग्रेसले बुढीगंगामा समाजवादीलाई ९ नम्बर वडा दिएर चुनावी गठबन्धन गरेको छ । माअ‍ोवादीले उम्मेदवार नै उठाएको छैन् । एमालेले एक्लै मैदानमा देखिएको छ । दुबै दल मतदाता रिझाउने र आफ्नो पक्षमा पार्ने रणनीतिका साथ चुनावी प्रचारमा छन् ।   



आइतबार १८, बैशाख २०७९ ०८:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.