बाजुरामा माओवादी र समाजवादीको उम्मेदवारी नै न्यून, अधिकांश पालिका उम्मेदवार विहिन

नजिक न्युज संवाददाता    

बाजुरामा माओवादी र समाजवादीको उम्मेदवारी नै न्यून, अधिकांश पालिका उम्मेदवार विहिन

बाजुरा : नौ वटा स्थानीय तह मध्ये अधिकांशमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवार नै उठाएको छैन् । वडा तहमा उम्मेदवारी नदिएपनि पालिका स्तरमा समेत कोही उम्मेदवार छैनन् । 

नेकपा माओवादीले बडीमालिकामा प्रमुख, जगन्नाथ र स्वामिकात्र्तिकमा उपाध्यक्ष बाहेक पालिका तहका उम्मेदवारी नै दिएको छैन् । बडीमालिका पनि माओवादीले आफ्नो आधिकारीक उम्मेदवार नभएको बताएको छ । भने जगन्नाथमा पनि गठन्धन भित्र माओवादी उम्मेदवार नपरेको बुझीएको छ ।

हिमालीमा १ वडामा चित्त बुझाएको माओवादीले स्वामिकात्र्तिकमा उपाध्यक्ष सहीत २ वडा अध्यक्ष, जगन्नाथमा ३ वडा अध्यक्ष लिएको छ । बुढीनन्दामा भने केही सदस्य बाहेक कुनैमा पनि माओवादीको उम्मेदवारी परेको छैन् । माओवादीले अघोषित रुपमा एमालेलाई नै सहयोग गर्ने बताएको छ ।

बडीमालिकामा ५ नम्बर वडाको अध्यक्ष बाहेक उम्मेदवारी नदिएको माओवादीले सदरमुकामको पालिकामै आफ्नो उपस्थिति न्यून देखाएको छ । काँग्रेसको उम्मेदवारलाई सहयोग गर्ने बताएको छ । यस्तै गौमुल गाउँपालिकामा उम्मेदवारी नै नरहेको पाइएको छ । भने बुढीगंगा नगरपालिकामा दिएको उम्मेदवारी पनि फिर्ता दिएर गठबन्धनलाई सहयोग गर्ने पक्षमा माओवादी देखिएको छ ।

त्रिवेणीमा एमालेसँग मिलेर उपप्रमुख ४ वडा अध्यक्षमा उम्मेदवारी दिएको माओवादीले खप्तड छेडेदह गाउँपालिकामा ३ नम्बर वडाको उम्मेदवारीमा चित्त बुझाएको छ । माओवादी जस्तै समाजवादीको उपस्थिति पनि निकै पातलो देखिएको छ । बडीमालिका र बुढीनन्दामा उपप्रमुख पाउने आश गरेको समाजवादीले अन्तिम वडामा सीमित हुनु पर्ने अवस्था आएको छ ।

समाजवादीले हिमालीमा आफ्नो उम्मेदवारी नै आधिकारी नदिएको पाइएको छ । भने स्वामिकात्र्तिक खापर गाउँपालिकामा भने माओवादीसँग मिलेर अध्यक्ष सहीत ३ वटा वडामा अध्यक्ष पद लिएर उम्मेदवार बनाएको छ । 

जगन्नाथमा गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवार उठाएको समाजवादीले बुढीनन्दा नगरपालिकामा ९ नम्बर वडाको अध्यक्षमा चित्त बुझाएर काँग्रेसलाई सहयोग गर्न तयार देखिएको छ । यस्तै बडीमालिका नगरपालिकामा पनि उम्मेदवारी कायमै रहेको अवस्थामा ९ नम्बर वडाको अध्यक्ष सहीत २ सदस्य पाउने गरि काँग्रेस माओवादीसँग गठबन्धन गरेको छ ।

समाजवादीको गौमुल र खप्तड छेडेदहमा जनमत नै शुन्य जस्तै देखिएको छ । भने त्रिवेणी नगरपालिकामा पनि उठाएको छैन् । यस्तै बुढीगंगा नगरपालिकामा पनि काँग्रेसले पालिकामा मत आफूलाई दिनु पर्ने सर्तमा ९ नम्बर वडाको अध्यक्षमा सीमित बनाएको छ ।

जिल्लाको प्रतिस्पर्धामा माओवादी र समाजवादीको जनमत हराए जस्तै देखिएको छ । उम्मेदवारीको संख्या हेर्दा काँग्रेस एमालेका अगाडि माओवादी र समाजवादीले आफूलाई पार्टीको रुपमा उपस्थिति गराउनै सकेको देखिदैन् । आफ्नो जनमत समेत जोगाउने गरि उम्मेदवारी नदिँदा कार्यकर्तामा निराशा देखिएको छ ।  



आइतबार १८, बैशाख २०७९ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.