नमुना मत पत्र सार्वजनिक, बाजुराको मत पत्रमा पहिलो सूर्य सहीत २२ वटा चिन्ह

नजिक न्युज संवाददाता    

नमुना मत पत्र सार्वजनिक, बाजुराको मत पत्रमा पहिलो सूर्य सहीत २२ वटा चिन्ह

बाजुरा : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले ७७ वटै जिल्लाका जिल्लागत मतपत्रको नमूना सार्वजनिक गरेको हो । 

७७ वटै जिल्लाका नमुना मत पत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । सबै जिल्लाको मत पत्रमा सूर्य एक नम्बर छ, भने क्रमस रुख, आँशी हथौडा लगायतका चिन्नहरु छन् ।

बाजुराको नमुना मत पत्रमा पनि पहिलो नम्बरमा सूर्य चिन्ह राखिएको छ । यस्तै दोस्रोमा रुख, तेस्रोमा आँशी हथौडा र चौथोमा कलम राखिएको छ । बाजुराको नमुना मत पत्रमा २२ वटा चिन्ह रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका र स्वतन्त्र उम्मेदवारी दिन सक्ने उम्मेदवारका हकमा पुग्ने गरि चुनाव चिह्न राखिएको हो । बाजुरामा स्वतन्त्र उम्मेदवारी बने निकै कम परेको छ । सूर्य पहिलो नम्बरमा राख्नुमा देशकै ठूलो पाटीए एमाले भएकै कारण एमालेको चुनाव चिन्ह सूर्य पहिलो नम्बरमा राखिएको हो ।

 



आइतबार १८, बैशाख २०७९ ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.