उम्मेदवारी फिर्ता नलिई बडिमालिकामा तीन दलीय चुनावी गठबन्धन

बडीमालिकामा काँग्रेसलाई हार्ने डर

नजिक न्युज संवाददाता    

उम्मेदवारी फिर्ता नलिई बडिमालिकामा तीन दलीय चुनावी गठबन्धन

बाजुरा : बडीमालिका नगरपालिकामा तीन दलिय गठबन्धन गर्ने दहरुले सहमति गरेका छन् । नगर प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने सर्त सहीत नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच गठबन्धनको सहमति गरिएको हो ।

बडीमालिकामा नेकपा एमालेका उम्मेदवार अमर खड्का र नन्दा कुमारी थापाको पक्षमा मावल बन्दै गएपछि पराजित हुने डरले काँग्रेस एक वडा छोडेर माओवादी र समाजवादीसँग मिल्न बाध्य भएको हो । बडीमालिका ९ मा समाजवादीबाट वडा अध्यक्षका उम्मेदवार दिर्घराज पाध्यायलाई सहयोग गर्ने सहमति सहीत गठबन्धन गरिएको हो । 

नेपाली काँग्रेसका सभापति रामसिंह रावल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गगन रावल र माओवादी केन्द्रका नेता मानबहादुर विक सहीतको उपस्थितिमा पत्रकार सम्मेलन मातर्फ गठबन्धनको सहमति घोषणा गरिएको हो । 

तीन दल बीच काँग्रेसका नगर प्रमुखका उम्मेदवार धनराज पण्डित र उपप्रमुखका उम्मेदवार राधिकादेवी सिंह लगायत काँग्रेसबाट उम्मेदवार बनेका सबै वडाका अध्यक्ष सदस्यलाई मतदान गर्ने र ९ नम्बरमा समाजवादीका दीर्घराज पाध्यायलाई अध्यक्ष पदका लागि मतदान गर्ने सहमति गरिएको छ । 

अध्यक्ष पदमा समाजवादीका दिर्घराज पाध्या, सदस्यमा दलित महिला सदस्य गंगा विक र खुला सदस्य अम्म चदारालाई कलम चिन्हमा र महिला सदस्य जानकी बडुवाल र खुला सदस्य जंग विष्टलाई काँग्रेसकै रुख चिन्हमा मतदान गर्नु पर्ने सहमति छ । तर तीन थरिको उम्मेदवारलाई मतदान गर्नु पर्ने हुँदा मतदाताअन्योल हुने देखिन्छ । 

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मिनबहादुर थापाले उम्मेदवारी कायम रहेपनि काँग्रेसलाई मत नहालेरै समाजवादीलाई सहयोग गर्ने भन्नेमा नेताहरु सहमत भएका छन् । नेकपा माओवादीले नगरमा आफ्नै प्रमुखको उम्मेदवार चन्द्रबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

तर आन्तरिक रुपमा काँग्रेसलाई नै सहयोग गर्ने केन्द्रीय नीति अनुसार नै सहमति भएको श्रोतको दाबी छ । समाजवादीले काँग्रेससँग उपप्रमुख सहीत ९ को वडा अध्यक्ष मागेको थियो । तर उपप्रमुखको साँटो, उम्मेदवारी फिर्ताको समयसम्म वडा अध्यक्ष समेत दिन नमानेपछि समाजवादीले उपप्रमुखको उम्मेदवारी फिर्ता लिएको थियो ।

वडामा समेत अस्तित्व स्वीकार्न काँग्रेस तयार नभएपछि निराश बनेका समाजवादीका नेताहरुले ९ को वडा अध्यक्षमा काँग्रेसले सहयोग गर्ने सहमति गरेसँगै खुसी देखिएका छन् । तर काँग्रेसले नगरमा आफ्ना उम्मेदवार हार्ने अवस्था आएपछि माओवादी र समाजवादीको साथ खोजेको छ । 

बडीमालिकाको १, २, ३, ४, ६, ७ र ८ मा काँग्रेस एमाले बीच प्रतिस्पर्धा हुने देखिएको छ । भने ९ मा काँग्रेस, माओवादी, समाजवादीसँगै एमालेले एक्लैलै लड्ने पर्ने देखिएको छ । यस्तै ५ नम्बर मनामा काँग्रेस एमाले र माओवादीले आ आफ्नै उम्मेदवार बनाएको छ । 

माओवादी नगरका कुनै वडामा आफ्नो जित निकाल्न सक्ने अवस्थामा छैन्, भने काँग्रेसले पनि अन्तिममा कमजोर आँकलन गर्दै तीन दलिय गठबन्धनको पक्षमा उभिएको छ । एमाले विरुद्ध गठबन्धन गरेपनि काँग्रेसले माओवादीलाई कुनै वडामा पनि भाग दिन तयार नदेखिएकोले सबै मतदाताले सहयोग गर्ने अवस्था छैन् ।  

उसोत उम्मेदवारी कायम रहेको अवस्थामा गरिएको सहमति लगन पछिको पोते जस्तै भएको टिप्पोणी हुन थालेको छ । बढी मतदाता भएकै क्षेत्रमा एमालेले वडा अध्यक्षको उम्मेदवार सूर्यकिरण विकलाई बनाएको छ । २०४८ पछि एमालेको लालकील्लाको रुपमा चिनिएको बडीकालिका ९ मा यो पटक पनि एमाले नै बलियो देखिएको छ ।   



आइतबार १८, बैशाख २०७९ ०५:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.