बाजुरा : दुबै आँखा गुमाएका गोर बुढालाई आर्थिक सहयोग गरिएको छ । बुढीगंगा नगरपालिका १० सिंगाडाका गोरे बुढालाई सामाजिक अभियान्ता पारस रावलको पहलमा आर्थिक सहयोग गरिएको हो ।
बुढाले २ महिना पहिला ढुंगा फुटाउने क्रममा आँखामा चोट लागेर दुबै आँखा गुमाएका हुन् । आर्थिक अवस्था कमजोर भएका बुढाको परिवारलाई ७ हजार रुपैया आर्थिक सहयोग गरिएको सामाजिक अभियान्ता पारस रावलले बताएका छन् ।
सहयोग रकम बडा अध्यक्ष धर्मराज जैशीलाई हस्तान्त्रण गरिएको हो । बुढाको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार समेत गर्न पाएका छैनन् । आफन्तहरुले पनि आर्थिक लगानी लगाउन सक्ने अवस्था नरहेको बुझीएको छ । अनेरास्ववियुका नेता समेत रहेका रावल पछिल्लो समय समाज सेवा र परोपकारी काममा सक्रिय छन् ।
प्रतिकृया दिनुहोस