एमाले नेता थापाद्धय गृह नगरको चुनावी प्रचारमा पुगेपछि जनतामा बढ्यो उत्साह

नजिक न्युज संवाददाता    

एमाले नेता थापाद्धय गृह नगरको चुनावी प्रचारमा पुगेपछि जनतामा बढ्यो उत्साह

बाजुरा : नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाले गृह नगरमा चुनावी घरदैलो सुरु गरेका छन् । आसन्न स्थानीय तह निर्वाचन केन्द्रीत चुनावी प्रचार अभियानमा दुबै जनाको उपस्थिति देखिएको छ ।

बुढीगंगा नगरपालिकामा नेकपा एमालेका तीन जना केन्द्रीय नेता रहेका छन् । पालिकाको १, २ र ३ बाट सुरु गरिएको अभियानमा नेताद्धय कर्णबहादुर थापा र लालबहादुर थापा एकसाथ उपस्थित भएपछि जनतामा पनि उत्साह थपिएको छ ।

स्थानीय निर्वाचनमा आफ्नो पालिका जिताउने जिम्मेवारी पहिलो हुने भएपनि केन्द्रीय नेताहरु पनि पालिका केन्द्रीत भएका छन् । २०७४ सालको स्थानीय निर्वाचन गुमाएको एमालेका लागि यो पटक विरासत फर्काउन कठिन देखिएको छ । शिर्षनेताहरुले नै सक्रियता बढाएपछि जित पक्का जस्तै हुने देखिएको छ । 

नेकपा एमालेले २०७४ सालमै पराजित उम्मेदवार रामबहादुर बाँनीया र माया कुँवरलाई चुनाव लडाएको छ । भने नेपाली काँग्रेसले नयाँ अनुहारलाई स्थान दिएको छ । शिक्षक सेवाबाट अवकाश प्राप्त रंग खाती र सामाजिक सेवाको क्षेत्रमा सक्रिय रिता शाहीलाई काँग्रेसले उम्मेदवार बनाएको छ । 

एमालेले नगरपालिका जित्नका लागि सकै प्रकारको मेहनत गर्ने र विरासत फर्काउने बताएको छ । तीनै जना कर्णबहादुर थापा, लालबहादुर थापा, प्रकाश शाहलाई प्रत्येक टोल बस्तीमै पुर्याएर चुनावी प्रचारमा सहभागि गराउने नगर कमिटीले कार्यक्रम तालिका बनाएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएको छ ।

माओवादी र समाजवादीबाट नगर प्रमुख उपप्रमुखमा उम्मेदवारी नभएपनि काँग्रेसलाई नै सघाउने रणनीति रहेकोले एमालेले बढी मेहनत गर्नु पर्ने देखिएको छ । जनमत भएरपनि नेताहरुकै कारण हार्नु पर्ने अवस्था आउने गरेको आरोप लाग्ने गरेको अवस्थालाई चिर्न पनि तीनै जनालाई एकसाथ घरदैलोमा सहभागि गराउने लक्ष्य नगर कमिटीले लिएको छ । 

नेपाली काँग्रेसले जितेको पालिकामा पाँच वर्ष विवाद र काम नगरेरै बितेको अवस्थाले काँग्रेस भित्रै निराशा छ । भने जनताले पनि एमालेलाई एक पटक काम गर्ने अवसर दिने विश्वास नेताहरुको छ । एमाले शिर्ष नेतृत्वले पनि यो पटक जसरी पनि गृह नगर जित्न रणनीतिका साथ खटन पटनमा लाग्ने देखिन्छ । 



शनिबार १७, बैशाख २०७९ ०७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.