समाजवादीका बाजुरा काठमाडौं सम्पर्क मञ्चका नेता करन शाहीसहीत एक दर्जन एमाले प्रवेश

नजिक न्युज संवाददाता    

समाजवादीका बाजुरा काठमाडौं सम्पर्क मञ्चका नेता करन शाहीसहीत एक दर्जन एमाले प्रवेश

बाजुरा : नेकपा एकीकृत समाजवादी बाजुरा काठमाडा सम्पर्क कमिटी युवा संघका नेता करन शाहीले नेकपा एमाले प्रवेश गरेका छन् । स्वामिकात्र्तिक खापर गाउँपालिका ५ जेराका शाहीले समाजवादीको भविष्य नै नभएको र काँग्रेसको झुण्ड भएर बस्ने परेको आरोप सहीत एमाले प्रवेश गरेका हुन् ।

युवा संघका नेता शाही सहीत नेपाली काँग्रेसका विनोद शाही, समाजवादीकै जुद्ध शाही, तपेन्द्र सिंह, दशरथ विक लगायतले एमाले प्रवेश गरेका हुन् । नवप्रवेशी युवाहरुलाई राष्ट्रिय युवा संघका नेता धुव्र सिंहले पार्टी प्रवेश गराएका हुन् ।

काठमाडौंलाई राजनीतिक थलो बनाएका युवा नेताहरुले अबको भविष्य नेकपा एमालेमा मात्र देखिएकोले युवा विद्यार्थी सबैले रोज्ने र साथ दिने पार्टी नै नेकपा एमाले भएको बताएका छन् । 

नयाँ पार्टीले केही नयाँ गर्ने सोचका साथ एमाले छोडेर समाजवादीतिर लागियो, अन्तिममा आएर काँग्रेसको कार्यकर्ता बन्नु पर्ने अवस्था आएपछि बल्ल थाह पाएर पुरानै घर फर्किएको नेता करन शाहीले बताएका छन् । नवप्रवेशी सबैजना समाजवादी पार्टीका केन्द्रीय सदस्य नरेश शाही निकट हुन् । 

 



शनिबार १७, बैशाख २०७९ ०७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.