बाजुरा : बुढीनन्दा नगरपालिकामा नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार जनक कुमार बोहराले चुनावी घरदैलो सुरु गरेका छन् । एमालेको समर्थन स्वतन्त्र उम्मेदवारी दिएका रामबहादुर बोहरा सहीतको टिम लिएर बोहरा यतिबेला जनताको घरदैलोमा देखिने गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टी भित्रको अन्तरघातले झिनो मतबाट पराजित हुन पुगेका बोहरा यो पटक भने सहज जितको तयारीमा छन् । बोहरालाई नै जिताउन नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र क को सभापति रामबहादुर बोहरा सहीतका दर्जनौ नेता कार्यकर्ताले काँग्रेस त्यागेर एमालेमा प्रवेश गरिसकेका छन् ।
शालीन व्यक्तित्व, नगर विकासको खाका कोर्न सक्ने जनताको प्रीय व्यक्तिका रुपमा परिचित बोहराले प्रत्येक बस्तीमै पुगेर जनताका गुनासा सुन्ने र आफ्नो एजेण्डा सुनाउने काम थालेका छन् । गोठ खर्क, देखि घट्ट चौतारा सम्म पनि बोहराले सबैलाई भेटेर मत माग्ने र मत दिएको वापत आफूले बुढीनन्दाको समृद्धि र भविष्यका लागि काम गर्ने बचन दिने गरेका छन् ।
१० वटै वडाका अध्यक्ष सहीतको टिम वडामा खटाएर बोहरा आफ्नो टिम सहीत प्रचारमा व्यस्त छ । नगरमा पराजित पछि तीन पटक घर घरमै पुगेर स्वास्थ्य शिविर सहीत लिएर जनताको घर दैलोमा पुगेका थिए । कोरोना संक्रमणको समयमा स्वास्थ्य कर्मीकै टिम लिएर प्रत्येक वडामा उपचार सेवा समेत बोहराकै पहलमा गरिएको थियो ।
यो पटक नेकपा एमाले बोहरालाई नगर प्रमुख र रामबहादुर बोहरालाई स्वतन्त्रबाट नगर उपप्रमुख उठाएको छ । ५ वर्षमा कोल्टीको खानेपानी, विजुली र कोल्टी क्षेत्रको टेलिफोनमा समेत सुधार ल्याउन नसक्ने नेतृत्व प्रति बुढीनन्दा बासी आजीत बनेका छन् । छिटो नेतृत्व फेर्न आतुर स्थानीयले जनक बोहरालाई नेताको रुपमा स्थापित गर्ने वचन समेत दिने गरेका छन् ।
हालसम्म बुढीनन्दा ४ मा बसन्ती चदारा र १० मा ठुमरा दमाइ एमाले बाट निर्विरोध निर्वाचित भइसकेका छन् । भने माओवादीले पनि जनक कुमार बोहराकै टिमलाई सहयोग गर्ने बताएका छन् । नेपाली काँग्रेसबाट पदम कुमार गिरी र रिता सिंहले उम्मेदवारी दिएका छन् ।
प्रतिकृया दिनुहोस