बुढीनन्दा नगरका स्वतन्त्र उपमेयरका उम्मेदवार बोहराको चुनाव चिन्ह गुलावको फूल

नजिक न्युज संवाददाता    

बुढीनन्दा नगरका स्वतन्त्र उपमेयरका उम्मेदवार बोहराको चुनाव चिन्ह गुलावको फूल

बाजुरा : बुढीनन्दा नगरपालिकामा नगर उपप्रमुखको स्वतन्त्र उम्मेदवारी दिएका रामबहादुर बोहराले गुलावको फूल चुनाव चिन्ह पाएका छन् । नेपाली काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका बोहराले उपप्रमुखको पदमा चुनाव लड्न गुलावको फूल चुनाव चिन्ह पाएका हुन् ।

दूई दशक लामो नेपाली काँग्रेसको राजनीति गरेका बोहरा नगर प्रमुखको टिकट नपाएपछि एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेले सघाउने सर्तमा बोहराले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र क को सभापति पद नै त्यागेर बोहराले एमाले प्रवेश गरेका छन् ।

कोल्टी क्षेत्रमा राम्रो प्रभाव भएका बोहराले काँग्रेसबाट आफूले पटक पटक धोका पाएको बताएका छन् । काँगेस बनाउन आफूले गरेको मेहनत र संघर्ष पार्टीबाट मुल्याकंन नभएपछि अन्तिममा पार्टी नै छोड्नु परेको बोहराको भनाई छ ।

बोहराले अर्को पार्टी बाट आएकालाई दुई पटक मेयरको टिकट दिने काँग्रेस नै भएर लागेकालाई किनारा लगाउने अन्यायका विरुद्धको लडाइ लडिरहेकोले न्यायका लागि पनि आफूलाई मतदान गर्ने विश्वास लिएका छन् ।

नेकपा एमालेले उपप्रमुखमा उम्मेदवारी दिएकी मनु रोकाया विसीलाई फिर्ता लिन लगाएर स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । बोहरा स्वतन्त्रबाट चुनाव चिन्ह पाएसँगै एमाले नेताहरुको साथमा चुनावी प्रचारमा लागेका छन् । 

 



शनिबार १७, बैशाख २०७९ ०७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.