खप्तड छेडेदहमा एमालेको पक्षमा मावल बन्दै, रावत र ओली प्रति जनसमर्थन बढ्यो

नजिक न्युज संवाददाता    

खप्तड छेडेदहमा एमालेको पक्षमा मावल बन्दै, रावत र ओली प्रति जनसमर्थन बढ्यो

बाजुरा : खप्तड छेडेदह गाउँपालिकामा नेकपा एमालेको मावल राम्रो हुदै गएको बिश्लेषण गर्न थालिएको छ । नेपाली काँग्रेसको गढकै रुपमा चिनिएको पालिकामा यो पटक एमालेको पक्षमा जनमत बढीरहेको पाइएको छ । काँग्रेस भित्रको आन्तरिक कलह, आपसी द्धन्द्ध र गुटगत लडाइले मावल एमालेमा पक्षमा देखिएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले ६०५ मत अन्तरले हार बेहोरेको थियो । त्यसबेला काँग्रेस, एमाले र माओवादी चुनावी मैदानमा भएपनि केही माओवादीले काँग्रेसलाई नै समर्थन गरेका थिए । २०४८ साल देखि नै काँग्रेसले आफ्नो पकडमा राखेको क्षेत्र भएकोले पहिलो स्थानीय तह निर्वाचन पक्षमा पार्न एमालेलाई मुस्कील परेको थियो । 

तर यो पटकको निर्वाचनमा अवस्था सहज बन्दै गएको पाइएको छ । नेकपा हुँदा प्रदेशमा २२ र संघमा ३ मतले अघि देखिएको एमाले अब एमाले, माओवादी र समाजवादी भएपछि कमजोर हुने बाह्य आँकलनमा सत्यता नभएको नेताहरुको भनाई छ ।

२०७४ सालको निर्वाचनमा कााग्रेसले ३७०५, एमालेले ३१०० र माओवादीले ४७९ मत ल्याएको थियो । त्यो अवस्थाको मतको आँकलन गर्दा हाल एमालेसँग भएको सिंगो मत कायमै छ । पालिकामा समाजवादीको उम्मेदवार समेत छैन् । काँग्रेससँग तालमेल गर्ने जनमत समेत नभएको अवस्था छ । यस्तै माओवादी दुई तिर विभाजित छ । 

तत्कालिन अवस्थाको सिंगो माओवादी हाल आधि बढी एमालेसँग छ । माओवादीबाट पालिका अध्यक्ष उपाध्यक्षको उम्मेदवारी नै छैन् । ३ नम्बर वडामा आफूलाई छोड्न र पालिकामा गठबन्धन गर्न माओवादीले गरेको आग्रह काँग्रेसले अस्वीकार गरेको छ । बरु एमालेलाई ६ नम्बर वडामा माओवादीले सहयोग गर्ने चुनावी तालमेल बनेको छ ।

गठबन्धन भित्र आपसी समझदारी नहुनु, पालिका तहमा माओवादी र समाजवादीले उम्मेदवार समेत नबनाउनु र काँग्रेस भित्रबाटै वडा अध्यक्षमा बागी उम्मेदवार खडा गरेर चुनाव लड्ने अवस्था आउनुले एमालेको पक्षमा मावल बढ्ने आँकलन गरिएको छ ।

४ नम्बर वडामा पालिका सभापति पदबाट राजीनामै दिएर हर्क रावतले सिंगो टिम सहीत उम्मेदवारी दिएका छन् । १ नम्बर वडामा एमालेबाट अध्यक्ष बनेका र बीचमा स्वार्थ नमिलेपछि काँग्रेस प्रवेश गरेका वीरबहादुर रावललाई टिकट दिएपछि पुराना काँग्रेस नेताहरु असन्तुष्ट बनेका छन् । 

५ नम्बर वडामा हर्क रावतले अन्तिम चरणमा आएर बागी उम्मेदवारी फिर्ता लिएका छन् । ६ नम्बर वडामा टिकट पाएका अध्यक्षका उम्मेदवार पक्षधर र अर्को पक्ष बीच कुटाकुटसम्मकै विवाद भएको प्रहरीमा उजुरी पुगेको अवस्था छ ।  

खप्तड छेडेदह गाउँपालिकामा काँग्रेसबाटै वडा अध्यक्षमा बागी उम्मेदवारी परेको छ । ४ नम्बर वडाको अध्यक्षका लागि उम्मेदवारी दिएका हर्कबहादुर रावतले फिर्ता नलिएपछि बागी उम्मेदवारी परेको हो । 

नेपाली काँग्रेसले ४ नम्बर वडामा रुपेश धामीलाई टिकट दिएको छ । जिल्ला सभापति रामसिंह रावलले पेलेरै गुट नमिलेका कारण रुपेश धामीलाई टिकट दिएपनि पालिका सभापति पदबाट पनि हर्कबहादुर रावतले राजीनामा दिएका थिए । रावतले राजीनामा लगत्तै पाँचै जनाको टिम बनाएर वडामा उम्मेदवारी दिएका हुन् । 

गाउँपालिकाको ४ नम्बर वडामा नेपाली काँग्रेसबाट रुपेश धामी, एमालेबाट दलबहादुर धामी र स्वतन्त्र बागीबाट हर्क रावत लड्ने भएका छन् । यसको फाइदा पनि एमालेलाई नै हुने देखिएको छ । लामो समयदेखिएको काँग्रेसको पकेड क्षेत्रलाई एमालेले पक्षमा पार्ने रणनीति अघि सारेको छ । 

शिक्षण पेशामा आवद्ध व्यक्तिलाई टिकट दिएर अरुलाई अन्यायमा पारेको असन्तुष्टीका बीच एमालेका उम्मेदवार दिलबहादुर रावत र मन्देवी ओलीको पक्षमा जनसमर्थन बढेको छ । रावल तीन दशक देखि एमालेको राजनीतिमा सक्रिय छन् । भने मन्देवी ओली दुई दशक देखि सक्रिय छन् ।

एमालेमा रावतले लामो संघर्ष गरेका र सामाजिक रुपमा सेवा गरेका नेता हुन् । भने ओली बाजुराको महिला आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिएकी नेतृ हुन् । ओलीलाई जनस्तरमा पनि सबैले साझा व्यक्तिका रुपमा हेर्ने गरेका छन् । 

काँग्रेसबाट उम्मेदवार बनेका खडक बुढा अघिल्लो महिना मात्र शिक्षकबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । गाउँ तहमा केही प्रभाव राम्रो देखिएपनि पार्टी नेताहरुबाट सहयोग नरहने अवस्था देखिएको छ । उपाध्यक्षका उम्मेदवार बिशु नाथ छेडेदह सामुदायिक अध्ययन केन्द्रमा कार्यरत थिईन् र काँग्रेस जिल्ला अधिवेशनमा पहिलो पटक प्रतिनिधी बनेर राजनीतिमा सक्रिय भएकी हुन् ।  



शनिबार १७, बैशाख २०७९ ०२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.