बाजुरा : बाजुरामा रुखबाट लडेर ७ जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका–८ का १४ वर्षका दिपक रावल, १६ वर्षका कमल रावल, दिलु रावल, कमल रावल, भिम रावल, विवेक रावल र सुजन रावल रहेका छन् ।
शनिबारको दिन पारेर ती सातै जना एकसाथ मार्तडी बजार नजिकैको जंगलमा काफल खान गएका थिए । सँगै एउटै रुखमा चढेर काफल खाँदै गरेका उनीहरु रुख ढलपछि घाइते भएका हुन् । विदाको दिन यहाँका अधिकांश बालबालिका नजिकैको जंगलमा काफल खान जाने गरेका छन् ।
करिब ५ बजेपछि मार्तडीको खर्रा भन्ने जंगलमा काफलको रुख ढलेर घाइते भएको आफन्तले बताएका छन् । उनीहरु सबै जनाको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते ७ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बुझीएको छ ।
प्रतिकृया दिनुहोस