बाजुरामा कृषि गणना सुरु, ६० वटा वडामा गणना हुने

नजिक न्युज संवाददाता    

बाजुरामा कृषि गणना सुरु, ६० वटा वडामा गणना हुने

बाजुरा : कृषि गणना २०७९ आजबाट सुरु गरिएको छ । जिल्लाका ६० वटा वडाका १ सय वटा गणना क्षेत्रमा कृषि गणना सुरु गरिएको हो । कृषि विकास योजना निर्माणको उदेश्य सहीत देश व्यापी रुपमा कृषि गणना गर्न लागिएको कृषि गणना अधिकृत केशरबहादुर ओलीले बताएका छन् । 

बैशाख १९ गतेसम्म चल्ने कृषि गणना दुई चरणमा गरिने भएको छ । पहिलो चरणमा सूचीकरण गर्ने र त्यसपछि सूचिकृत क्षेत्रको गणना लिने गणना अधिकृत केशरबहादुर ओलीले बताएका छन् । गणनाका जिल्लाका ६९ वटा वडा मध्ये ६० वडाका १ सय बढी टोलमा गर्ने बताइएको छ ।

प्रत्येक १० वर्षमा गरिने कृषि गणनाले कृषि क्षेत्रको विकासका लागि योजना निर्माण तथा नीति तयार पार्ने उदेश्य राखेको छ । गणनाका लागि ८ जना सुपरिवेक्षक र ४५ जना गणक खटिएका छन् । ५३ जनाको टोलीले बैशाख १९ गतेसम्म सबै तथ्यांक संकलन गरिसक्ने कार्ययोजना तयार पारिएको छ । 

एक वटा गणना क्षेत्रमा २० देखि २५ परिवारको तथ्याकं संकलन गर्ने लक्ष्य राखिएको छ । जसमा जिल्ला भर ३ हजारको संख्यामा परिवारको कृषि गणना गरिने अधिकृत ओलीले जानकारी दिएका छन् । सबैको सहयोग र सहकार्य अनिवार्य आवश्यक रहेको भन्दै ओलीले आर्थिक समृद्धी र कृषि क्षेत्रको समग्र तथ्याकं ल्याउन सही सूचना दिनु पर्ने बताएका छन् ।



मङ्गलबार ०६, बैशाख २०७९ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.