जस रावल जिज्ञासुको बसन्त मुक्तक संग्रह विमोचन

नजिक न्युज संवाददाता    

जस रावल जिज्ञासुको बसन्त मुक्तक संग्रह विमोचन

बाजुरा :  जस बहादुर रावल जिज्ञासुको बसन्त नाम मुक्तक संग्रह बजारमा आएको छ । आफ्नो जन्म दिनको अवसर पारी रावलले पहिलो साहित्यीक कृति स्वरुप बसन्त नामक मुक्तक संग्रह बजारमा ल्याएका हुन् । 

मुक्तक संग्रहको बाजुरा क्याम्पस मार्तडीमा आयोजित औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको छ । मुक्तक संग्रहको बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित र मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले सयुक्त रुपमा विमोचन गरेका हुन् ।

नेपाली साहित्यको लोकप्रीय विधाका रुपमा रहेको मुक्तक प्रति युवा आकर्षण बढ्दो क्रममा छ । बाजुरा क्याम्पसमा अध्ययनरत रावलले पहिलो प्रयास स्वरुप मुक्तक संग्रह बजारमा आएको बताएका छन् । 

गजल मुक्तक र कविता लेखनमा रुचि राख्ने रावलले आफूले भोगेका, समाजिक समस्या र सवाललाई संवोधन गर्ने प्रयास सहीत मुक्त संग्रह बजारमा ल्याएको बताएका छन् । जगन्नाथ गाउँपालिकामा २०५७ सालमा जन्मिएका रावलले सानै उमेरमा परिपक्क सिर्जना कृषि पाठक श्रोताका लागि दिएको प्रति बाजुराका क्याम्पसले खुसी व्यक्त गरेको छ । 

क्याम्पसमा पढ्दै गरेको विद्यार्थीले ल्याएको परिपक्क र स्तरीय सिर्जना कृतिले सिंगो क्याम्पस परिवार खुसी भएको बाजुरा क्याम्पसका प्रमुख सुरेश प्रसाद पण्डितले बताएका छन् । २०५ वटा मुक्तक समावेश गरिएको संग्रह विमोचन कार्यक्रम बाजुरा क्याम्पसले नै आयोजना गरेको हो । 

साहित्यकार सुरेन्द्र शाही गुलाव कान्छोले प्रकाशन गरेको मुक्तक संग्रहमा माया प्रेम, मिलन बिछोड, राजनीति र सामाजिक जीवनका कथा व्यथा र भोगालाई समेटिएको छ । मन छुने गरि समाजलाई शब्द मार्फत प्रस्कीने कृतिका रुपमा मुक्तक संग्रह ल्याउन सफल भएकोमा बाजुरा क्याम्पसका प्राध्यापक रुपक रौलेले प्रंशसा गरेका छन् ।

क्याम्पसका प्राध्यापक उत्तमराज जोशीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कृष्ण ओली, प्रर्मीला थापा, विष्णु रोकाया, सुरेन्द्र शाही गुलाब कान्छो, निराजन सिंह, मिन खड्का लगायतले आफ्नो भनाइ सहीत सिर्जना वाचन गरेका थिए । 

विमोचन समारोहमा प्राध्यापक काशीप्रसाद जैशी, धन बहादुर बुढा, बिरेन्द्र रावल, धिरबहादुर दानी सहीत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विमोचन समारोह पछि जन्मदिनको अवसरमा जसबहादुर बुढा जिज्ञासुले क्याम्पस परिसरमा वृक्षारोपण समेत गरेका थिए । 



मङ्गलबार ०६, बैशाख २०७९ ०८:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.