बाजुरामा निर्वाचनको तयारी सुरु, ५ सय बढी कर्मचारी खटिने

नजिक न्युज संवाददाता    

बाजुरामा निर्वाचनको तयारी सुरु, ५ सय बढी कर्मचारी खटिने

बाजुरा :  स्थानीय तह निर्वाचनका लागि बाजुरामा ५ सय ५८ जना कर्मचारी खटाइने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न सरकारी सेवामा आवद्ध ५ सय ५८ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले बताएको छ ।

जसमा १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र बाँकी अघि खटिने छ । जिल्लाका ९ वटा स्थानीय तहमा ७० वटा मतदान केन्द्र र १ सय १२ वटा मतदान स्थलहरु रहेका छन् । 

सोही मतदान केन्द्र र मतदान स्थल अनुसार कर्मचारी ब्यबस्थापनमा ५ सय ५८ जना कर्मचारीहरूको ब्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्बाचनमा खटाइने कर्मचारीहरूमा कर्मचारी सघं र संगठनका पदाधिकारी हरू भने नखटाइने कार्यालयका प्रमुख नवराज अवस्थीले बताएका छन् ।

जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपा एस लगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेको जिल्ला निर्बाचन कार्यालयका प्रमुख अवस्थीले बताएका छन् ।

जिल्लाका ९ ओटै स्थानिय तहका निर्बाचन कार्यालयहरु स्थापनाका लागि निर्बाचन अधिकृतहरु सम्बन्धीत स्थानीय तहमा गईसकेका र ८ गते सबै ठाउँमा निर्बाचान कार्यालय स्थापना हुने जिल्ला निर्बाचन कार्यालयले बताएको छ । कार्यालय स्थापना लगत्तै निर्बाचन शिक्षा लगायतका गतिबिधीहरुलाई अगाडी बढाइने तयारी जिल्ला निर्बाचन कार्यालयले गरेको छ ।

 



सोमबार ०५, बैशाख २०७९ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.